विकासका काम महिलाको काँधमा

विकासका काम महिलाको काँधमा

बिर्तामोड :  झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिकाको सबै वडामा हुने विकास निर्माणको जिम्मा महिलालाई दिएको छ। ‘हल्दीबारीका महिला, विकासमा पहिला’ नीति तथा कार्यक्रममार्फत महिलाकै अध्यक्षतामा गाउँपालिकाले २७ वटा टोल विकास संस्था गठन गरी विकासमा महिलाको सहभागितालाई प्राथमिकता दिइएको हो।

विकासको सम्पूर्ण जिम्मा महिलालाई दिएको बताउँदै गाउँपालिका प्रमुख रवीन्द्रप्रसाद लिङदेनले भने, ‘अब टोल–टोलमा हुने बाटोघाटो निर्माणदेखि सबै विकासको कामको अगुवाइ अब महिलाले गर्नेछन्।’ सबै अधिकार दिएर महिलाकै नेतृत्वमा टोल विकास समिति गठन गरिदिएको उनले बताए।

उनका अनुसार यसअघि कुनै बाटो, नाली वा भवन निर्माण गर्नुपर्ने भए निर्माण उपभोक्ता समिति बनाउनुपर्ने थियो अब त्यो काम महिलाको नेतृत्वमा रहेको सोही टोल विकास संस्थाले गर्नेछ। महिलाले पनि विकास गरेर देखाउँछन् भन्ने बनाउन गाउँपालिकाले यस्तो काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जनाए।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा १ को खण्ड क मा उल्लेख गरिएबमोजिम टोल विकास संस्था गठन गरिएको बताए। ‘हामीले स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गरेर महिलालाई अघि सारेका हौँ, यो काममा पुरुषको पनि साथ रहनेछ,’ उपाध्यक्ष डम्बर गिरीले भने।

संविधानमा महिलालाई ३३ प्रतिशत अधिकारको व्यवस्था गरिए पनि सो गाउँपालिकामा विकासको शतप्रतिशत जिम्मेवारी दिइएको उनको भनाइ छ। गाउँपालिका प्रमुख लिङदेनले बुधबार टोल विकास संस्थालाई प्रमाणपत्र हस्तान्तरण गर्दै नमुना गाउँपालिका बनाउन समितिका अध्यक्षलाई आग्रह गरेका छन्।

सोही कार्यक्रमबाट टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका, २०७५ हस्तान्तरण गरिएको छ। विकासको सबै अगुवाइ गर्न महिलाको नेतृत्व बनाइएकोमा प्रदेश सांसद पूर्णसिंह राजवंशी गाउँपालिकालाई नयाँ कामको थालनी गरेको भन्दै धन्यवाद दिएका छन्। उनले मुलुकमा महिला सहभागिताको बलियो उदाहरण हल्दीबारी गाउँपालिकाले प्रस्तुत गरेको बताए। कार्यक्रममा सबै टोल विकास संस्थाका अध्यक्ष पदाधिकारीलाई जिम्मेवारीको सदुपयोग गरेर विकासलाई प्रभावकारी रूपमा अघि बढाउन उपाध्यक्ष डम्बर गिरीले आग्रह गरेका छन्। उनले महिलालाई मूल प्रवाहमा ल्याउन गरिएको प्रयासलाई गलत सावित नगर्न सुझाएका थिए।

हरेक वर्ष उत्कृष्ट हुने टोल विकास संस्थालाई पुरस्कारको व्यवस्थासमेत गरिएको प्रशासकीय अधिकृत घिमिरे जानकारी दिए। हल्दीबारीमा महिला, विकासमा पहिला कार्यक्रमबारे जानकारी गराउँदै उनले पहलो, दोस्रो र तेस्रो हुने टोल विकास संस्थालाई क्रमशः नगद १ लाख,७५ हजार र ५० हजारसहित विभिन्न आयोजना उपलब्ध गराउँदै पुरस्कृत गर्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जनाए।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.