विद्यार्थीलाई दूध खुवाएर समाजवाद !

विद्यार्थीलाई दूध खुवाएर समाजवाद !

विर्तामोड : झापा मेचीनगर-१२ को सरस्वती बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक निःशुल्क दूध खुवाउन सुरु गरिएको छ। विद्यालयको बालविकासका विद्यार्थीले पाउने खाजा खर्च सरकारले कटौती गरेपछि प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीको प्रयासमा बालविकासमा अध्ययनरत ६८ विद्यार्थीलाई दैनिक एक गिलास दूध खुवान सुरु गरिएको हो। 

दूधको व्यवस्था निःशुल्क स्थानीय रितिका डेरीले गरेको छ। बालबालिकालाई कुपोषणबाट बचाउन दैनिक दूध खुवाउन सुरु गरिएको डेरीका सञ्चालक राजन चिमरियाले जानकारी दिए ‘प्रतिनिधिसमा सदस्य सुरेन्द्र कार्कीले निर्वाचनको समयमा विद्यालयका बच्चालाई कुपोषण रोक्न दैनिक दूध खुवाउने बताउनुभएको थियो, योजना राम्रो लागेकाले हामीले साथ दिएका हौं’, सञ्चालक चिमरियाले भने। 

दैनिक १७ हजार लिटर दुध बजारमा बिक्री गर्दै आएको डेरीले अब विद्यार्थीका लागि दैनिक १२ लिटर दूध निःशुल्क उपलव्ध गराउने छ। ‘विद्यालयका विद्यार्थीलाई दूध खुवाउने लक्ष्य पूरा गर्न डेरी खोल्न सहयोग गरेँ, अहिले डेरीले सहयोग ग¥यो’, दुध खुवाउने कार्यक्रमको  उद्घाटन गर्दै संसद कार्कीले भने। गत निर्वाचनमा सांसद कार्कीले समाजवादको उदाहरण दिदैं हरेक बालबालिकालाई दूधपान गराइने बताएका थिए।

उनले समाजवाद यसरी नै सुरु हुने तर्क गरे। उनका अनुसार डेरीले समाजवादको अभ्यास गरेको छ। समाजवाद ल्याउन स्वार्थी भावना त्यागेर सेवामा रुपान्तरित हुनुपर्ने उनको भनाइ छ। सांसद कार्कीले रितिका डेरीले गरेको सेवा झापाको चर्चित एनएमसीसहित अन्य डेरीले पनि सिक्नु पर्ने बताएका छन्। 

उनले एनएमसीलाई पनि अन्य विद्यालयमा अध्ययनरत बालबालिकालाई दूधपानको कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। उपभोक्तावादको शिकार भइरहेको समाजमा समाजवाद ल्याउन यस्ता मनको जरुरी रहेको कार्कीको भनाइ छ। राजनीतिक दलका नेताले स्वास्थ्य र शिक्षामा व्यापार गर्न नहुने भन्दै उनले मुलुकको विकासमा नयाँ सोचका साथ काम गर्नुपर्ने बताए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.