प्रदेश राजधानीमै छैन बिजुली

प्रदेश राजधानीमै छैन बिजुली

जनकपुरधाम : देश लोडसेडिङ मुक्त घोषणा भईसकेपनि प्रदेश २ का राजधानी जनकपुरधाममा दैनिक २० घण्टासम्म बिजुली रह्ने गरेका छैन् । बिजुली अभावमा यहाँका सर्वसधारण दुःख झेल्न बाध्य छन् । यहाँको जनजिवन नै प्रभाबित बनेको छ । उखरमाउलो गर्मीका बेला बिजुली अभाबमा दिन गुजार्न मुस्किल भएको सर्वसधारण बताउँछन् ।

जनकपुरधाम वकिल टोलका बसन्त श्रेष्ठले बिगत ३ दिनदेखि दिनभर बिजुली नरह्नेगरेको गुनासो गरेका छन् । भने, ‘हुन त विगत ४ महिनादेखि बिजुली नियमित छैन् । तर २ दिनदेखि हदै नाघ्यो । २० घण्टासम्म बिजुली रहने गरेका छैन् । हिजो पनि दिनभर थिएन । आजपनि छैन ।’ उनले विजुली नभएका कारण गर्मी थेग्नै गार्हो भएको पीडा सुनाए । मोवाइल पनि चार्ज गर्न समस्या भएको उनको भनाई छ ।

विजुली अभावमा यहाँका साना उधोग तथा कलकारखानाको काम समेत प्रभावित बनेको छ । पसलमा २ रुपैयामा गरिने फोटो कापी गराउन सर्वसधारण ५ रुपैया खर्चिन बाध्य छन् । विजुली नभएपछि पेयपदार्थ चिसो गर्न नपाउदा व्यापार चौपट भएको व्यापारीहरू गुनासो गर्छन् । विजुली अभावमा पत्रकारहरू पनि समस्यामा परेका छन् । लगातार बढीसमयसम्म बिजुली नहुंदा ईन्भर्टर समेत चार्ज नभएपछि समाचार पठाउन नपाएको पत्रकार शत्रुधन यादवले गुनासो गरे ।

बिधुत प्राधिकरणका कर्मचारीको लापरबाहीले बिजुली नियमित नभएको स्थानीयको आरोप छ । तर विधुत प्राधिकरणले एडिबी परियोजना अन्तरगर्त भईरहेको सडक निर्माणका कारण विधुत अनियमित भएको जनाएको छ । विधुत प्राधिकरण जनकपुरका ईन्जिनियर प्रविण मि श्राले भानू चौकमा सडक निर्माणका क्रममा ट्रान्सफर्मर हटाउनु परेका कारण समस्या भएको बताए ।

उनले त्यहाँको काम भईसकेपछि विजुली नियमित भइसक्ने जानकारी दिए । चर्को गर्मीले नगरबासी वास्तबमा सास्ती खेपिरहेको बताउदै भने, ’अब सडकको कामकै कारण बिजुली काटिने छैन् । ठेकेदारलाई पनि बिजुली नकाटेर काम गर्ने खालको विकल्प खोज्न भन्छौं ।’ केहिदिन अगाडी ढल्केबर केन्द्रमा आगलागी भएकोले पनि समस्या भएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.