भूमाफियाद्वारा जग्गा कब्जा, कुसेआैंसी जात्रा रोकियो

भूमाफियाद्वारा जग्गा कब्जा, कुसेआैंसी जात्रा रोकियो

 काठमाडौं : सदियौंदेखि परम्परागत जात्रा गरिने पवित्र धार्मिकस्थल गोकर्णस्थित सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरेपछि कुसेऔंसीमा गरिने जात्रा नै रोकिएको छ।

गोकर्णेश्वर–४ स्थित सदियौंदेखि जात्रा र मेला लाग्दै आएको जग्गा भूमाफियाले कब्जा गरी पर्खाल लगाएपछि कुसेऔंसीमा लाग्ने जात्रा नै रोकिएको हो। जात्रा लाग्ने साबिक गोकर्णेश्वर गाविस–१ ‘क’ कित्ता नम्बर ६९ को ३ रोपनी २ आना जग्गा जय मल्टिपल कलेज र मनकामना उमाविले तारबार लगाएर घेरेका छन्। जग्गाको मूल्य ५ करोड रुपैयाँभन्दा बढी पर्छ। जग्गा गोकर्णेश्वर महादेवमा शिवरात्री र कुसेऔंसीमा जात्रा चलाई भोलिपल्ट भोज खाने ‘खान्गी’ जग्गा हो।

जात्राका पाँच जना गुठीयारमध्ये मंगलदास श्रेष्ठले भूमाफियासँग मिलेमतो गरी जात्रा लगाउने जग्गा बेचेपछि बाँकी चार जना गुठीयार सानुभाइ, रामदास, राधेश्याम र श्रीकृष्ण श्रेष्ठ जात्रा नलगाउने निर्णयमा पुगेका हुन्। गुठीयार मंगलदासले भूमाफियासँग मिलेर जग्गा कब्जा गरेको उनीहरूको आरोप छ।

‘हामीले यहाँ परम्परागत जात्रा चलाइरहेका थियौं, एक जनाले जग्गा कब्जा ग¥यो’, गुठीयार सानुभाइले भने, ‘अब हामीले के गर्ने, त्यहाँ कसरी जात्रा चलाउने ? ’ स्थानीय सरकार नगरपालिकाले समेत जग्गा कब्जाको बेवास्ता गरेकोमा उनीहरूले दुःख प्रकट गरे। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका सल्लाहकार सदस्य सुरेशचन्द्र भट्टले वर्षौंदेखि जात्रा गर्दै आएको जग्गामा भू–माफियाले कब्जा गरेपछि जात्रा नै रोकिन पुगेको बताए। ‘साह्रै दुःखलाग्दो काम भयो, वर्षौंदेखि लाग्दै आएको जात्रा नै रोकियो’, उनले भने, ‘संस्कृति नै लोप हुने भयो।’

गुठीयार सानुभाई श्रेष्ठले देउता राख्ने जग्गा नै कब्जा भएकाले कुसेऔंसीमा आइतबार जात्रा नलगाउने बताए। ‘देउता भिœयाउने ठाउँ नै छैन, यही भएर जात्रा नलाउने भएका हौं’, उनले भने, ‘अब परम्परा र जात्रा नै हराउने भयो।’

 गोकर्णेश्वर मन्दिरको ३ रोपनी २ आना (कब्जा गरिएको) जग्गामा जय मल्टिपल कलेज र मनकामना उमाविले तारबार लगाएर घेरेपछि जात्रा रोकिएको हो।

उनले कुसेऔंसीमा ठूलो जात्रा लाग्ने बताए। गोकर्णेश्वर मन्दिरबाट महादेवको मुकुट खटमा राखी बाँधेर गोकर्ण औंसी र शिवरात्रीको भोलिपल्ट गाउँ परिक्रमा गराउने चलन छ। गाउँ परिक्रमा गराएपछि महादेवको मुकुट त्यहाँ (कब्जा गरिएको जग्गा)मा रातभरि राख्ने र भोज गरिन्छ। त्यस रात त्यहीं देउता कुरेर बिताइन्छ र भोलिपल्ट मन्दिरमा लगी राखिन्छ। त्यहाँ कुसे (गोकर्णे) औंसीका साथै शिवरात्रीको भोलिपल्ट जात्रा र मेला लाग्ने गरेको छ।

गोकर्णेश्वर नगरपालिका–४ वडाध्यक्ष श्रीकुमार श्रेष्ठले पुजारी, दुवै पक्षका गुठीयार राखेर समस्या समाधान गर्ने प्रयास भइरहेको बताए। ‘वार्ताबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको छु’, उनले भने, ‘दुई पक्ष आउँछन्, एक पक्ष आउँदैन, यसैले समस्या भएको छ।’

गुठीयारमध्ये गोकर्णेश्वर नगरपालिका–४ हाल गोकर्णेश्वर–९ का मंगलदासले जग्गामा मोहीयानी दाबी गर्दै मुद्दा हालेका छन्। दुई पटक गोकर्णेश्वर महादेवको गुठीले मुद्दा जितिसकेका छ भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। जग्गा माफियाको कब्जामा परेको र संस्कृति लोप हुने भन्दै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले सर्वोच्चमा मुद्दा दायर गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.