माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
बिर्तामोड : झापाको शिवसताक्षी नगरपालिका- १ स्थित शुक्रबारेमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँका ३२ वर्षीय दिनेश दाहाल रहेको प्रहरीले बताएको छ। शनिबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर भएका दाहालको उपचारका क्रममा लाईफलाईन अस्पताल दमकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१