नक्कली राहदानीमै ओहोर-दोहोर

नक्कली राहदानीमै ओहोर-दोहोर

काठमाडौं : इजरायलको नक्कली राहदानीमा शंकास्पद यात्रा गरेको इरानी दम्पतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सहजै आगमन अनुमति दिएको छ। अध्यागमनका कर्मचारीले भदौ ५ गते इजरायलको नक्कली राहदानीमा आएको इरानी दम्पतीलाई आगमन अनुमति दिएका हुन्। उनीहरू किन नेपाल छिरे भन्ने विषय शंकास्पद बनेको छ।

इजरायल र इरानी दुवै मुलुक आपसमा मित्रराष्ट्र होइनन्। यी दुई मुलुकको सम्बन्धमा कटुता छ। इरानी दम्पती टर्की हुँदै काठमाडौं आएको हो।

आगमन अनुमति दिएकै आधारमा अध्यागमन अधिकृतले आवश्यक सोधपुछ र अनुसन्धान नगरी इरानी दम्पतीलाई १४ दिनपछि त्यही नक्कली राहदानीमा जर्मनी जान अनुमति दिए। उनीहरूले पछि मात्र पत्ता पाए कि नक्कली राहदानीवाहक इरानीलाई आगमन र प्रस्थान अनुमति दिइएको।

टर्की विमानस्थलबाट फर्काइएका उनीहरूलाई त्रिवि अध्यागमनले पक्राउ गरी थप अनुसन्धानका लागि कालिकास्थानस्थित अध्यागमन विभागमा पठाएको छ। अध्यागमन विभाग मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले इरानी दम्पतीमाथि अनुसन्धान भइरहेको बताए।

नेपाल हुँदै जर्मनी जान आएको इरानी दम्पती झन्डै दुई साता काठमाडांै बस्यो। बिरामीसमेत परे र वीर अस्पतालमा सामान्य उपचार गराए। दुई साताको नेपाल बसाइमा उनीहरूले के गरे र क–कसलाई भेटे कुनै निकायसँग विस्तृत विवरण छैन।

अध्यागमन सुधार गर्नेबारे गृहमन्त्रीको उदासीनता, प्राविधिक हिसाबले अध्यागमन कमजोर बन्दै जानु र अध्यागमनका कर्मचारीलाई उचित तालिम नहुनुले धेरै विदेशी नागरिक अवाञ्छित ढंगले नेपाल आउ÷जाउ गरेको पाइएको छ। गृहमन्त्री रामबहादुर थापाले समेत प्राविधिक रूपमा अध्यागमनलाई बलियो बनाउन महŒव दिएका छैनन्।

भदौ २० गते जर्मनी जान लागेका उनीहरूको राहदानी नक्कली भएको भन्दै टर्की प्रहरीले पक्राउ गरी फिर्ता गरेको थियो। त्यसपछि मात्र विमानस्थल अध्यागमनका कर्मचारीले आफूहरूले नक्कली राहदानीवाहक इरानी दम्पतीलाई आगमन र प्रस्थान अनुमति दिएको पत्तो पाएका थिए।

पक्राउ पर्नेमा ३५ वर्षीय एमेई होसिन लास्कारी र उनकी २५ वर्षीया पत्नी आजादे याराम्दी छन्। उनीहरूले तेहरानबाट टर्की हुँदै काठमाडौं आउँदा इरानकै राहदानी प्रयोग गरेका थिए। काठमाडौं ओर्लिएपछि इरानी दम्पतीले अध्यागमनमा टर्कीमा किनेको इजरायली राहदानी निकाले।

अध्यागमन अधिकृतले समेत उनीहरूलाई धेरै सोधखोज गरेनन्। इजरायली राहदानी देखेपछि अध्यागमन अधिकृतले सजिलै आगमन अनुमति दिए। राहदानी परीक्षण गर्ने पासपोर्ट रिडेबल मेसिन (पीआरएम)ले समेत इजरायलको राहदानी रिड गरेपछि इरानी दम्पतीलाई आगमन अनुमति दिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.