बिचौलियासहित प्रहरी निरीक्षक अख्तियारको फन्दामा
गुलरिया : इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता र बढैयाताल गाउँपालिका- ७ निवासी स्थानीय मैया पौडेललाई अख्तियारले पक्राउ गरेको छ। पक्राउ परेका केटाकेटीलाई हिरासतबाट छुटाउन भन्दै ३० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो।
घुस लिएको आरोपमा दुवैजनालाई अख्तियारको टोलीले मैनापोखर इप्रकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । पक्राउ परेका केटाकेटीलाई बिहान छोड्ने बेलामा उनीहरुले पैसा लिएको डीएसपी बोगटीले बताए।