पर्यटक लुट्दै रिक्सा चालक

पर्यटक लुट्दै रिक्सा चालक

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आउने पर्यटकलाई सिटी रिक्सा चालकले खुलेआम लुटिरहेको पाइएको छ । तोकिएभन्दा चारगुणा बढी भाडा पर्यटकबाट रिक्सा चालकहरूले असुल्ने गरेका हुन् ।

जानकी मन्दिरबाट मानकी होटलसम्मको भाडा मात्र १५ रुपैयाँ रिक्साचालककै सहमतिमा प्रशासनले तोकिएको थियो । तर आइतबार बिहान कोलकत्ताका पर्यटक राजु बनिकले रिक्सा चढेर जानकी मन्दिरबाट मानकी होटल पुग्दा चालकले भाडावापत भारतीय ५० रुपैयाँ मागे । भाडा धेरै भो भनेपछि उनले उल्टै चालकबाट हप्कीसमेत खाए । विवाद हुन लाग्दा केही सर्वसाधारण जम्मा भए । सबैले भाडा धेरै भो भनेपछि रिक्सा चालकले नेपाली ५० रुपैयाँ लिएर हिँडेका थिए ।

रिक्सा चालकहरूले भारतीय पर्यटकलाई देखेपछि सुरुमै दोब्बर÷तेब्बर भाडा सुनाउँछन् । जति बार्गेनिङ गरे पनि चालकले बाहिरका मानिस ठानेर भाडा बढी नै असुल्छन् । कतिपय चालकले त भन्ने बेलामा २० रुपैयाँ भाडा सुनाउँछन् तर रकम लिने बेलामा भारतीय रुपैयाँ भनेको भनेर झगडा गरेर भए पनि बढी रकम असुल्ने गरेका छन् । पर्यटक बनिकसँग पनि रिक्साचालक यसरी नै ठग्ने प्रयास गरेका थिए । ‘भाडा ५० रुपैयाँ लाग्छ भनेपछि रिक्सा चढेको थिएँ’, उनले सुनाए, ‘तर भाडा दिने बेलामा उसले ५० भारु भनेको भनेर नेरु ८० माग्दा आश्चर्य लाग्यो ।’ उनले ठग्नलाई यसरी नयाँ तरिका रिक्साचालकले अपनाएको बताए । उनले प्रश्न गरे, ‘यसरी लुट्ने सहरमा पर्यटक कसरी आउँछन् ? ’

ठाउँ–ठाउँमा सिटी रिक्सा भाडादर उल्लेख गरी होडिङ बोर्डसमेत राखिएको छ । तर भाडादर तोकिएको महिनौं बितिसक्दा पनि कार्यान्वयन हुन सकेका छैन । रिक्साचालकले मान्छे हेरेर आफूखुसी भाडा असुल्ने गरेका छन् । ट्राफिक प्रहरीले भाडा बढी लिने चालकलाई कहिलेकाँही मात्र कारबाही गर्ने गरेको देखिन्छ । कारबाही अभियान निरन्तरता नभएकाले रिक्सा चालकको मनपरी बढेको स्थानीय बताउँछन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले रिक्सा चालकले मनपरी भाडा असुलिरहेको विषयमा कसैले गुनासो नगरेको बताए । उनले यदि भाडा आफूखुसी असुली गरेको पाइए कारवाही गरिने बताए ।

ट्राफिक प्रमुख तथा प्रहरी निरीक्षक दिपक शाहले रिक्सा चालकहरूले जर्बजस्ती बढी भाडा असुलिरहेको गुनासो सेवाग्राहीले गर्ने गरेको स्वीकार गर्छन् । उनले भने, ‘रिक्साचालकलाई बढी भाडा नअसुल्न पटक पटक चेतावनी दिइसकेका छौं । कतिपयलाई कारवाही पनि गरेका छौं । अब कारवाही अभियान नै चलाएर चालकलाई ठिक पार्छौ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.