अवैध १७ चौपायासहित सामान बरामद

अवैध १७ चौपायासहित सामान बरामद

बिर्तामोड : झापाको विभिन्न स्थानबाट प्रहरीले भारततर्फ लैजादै गरेको लाखौं मुल्य बराबरका सामान र चौपाया नियन्त्रणमा लिएको छ। आइतबार राति मेचीनगरबाट करिब ४ लाख १० हजार मूल्य बराबरको मरिच, चुरोट र कस्मेटिक सामानसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाकारी दिए। 

उनका अनुसार अवैधरुपमा ती सामान भारत लैजान लागेका मेचीनगर नगरपालिका ६ का ५० वर्षीय कृष्णकुमार राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट ४ सय किलो मरिच, ३ बोरा चुरोट र १ बोरा कस्मेटिकका सामान प्रहरीले बरामत गरेको छ।बरामद गरेका सामानसहित राई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। 

यस्तै प्रहरीले मेचीनगर नगरपालिका- ७ स्थित नकलबन्दाबाट आइतबार राति भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १७ वटा चौपाया (गोरु) समेत नियन्त्रणमा लिएको छ। पशुचौपायाको मुल्य करिब १ लाख ३० हजार रहेको प्रहरीको जनाएको छ।नियन्त्रणमा लिएको सामान र चौपायालाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.