दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, जेठो घाइते

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, जेठो घाइते

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोरालाई झुन्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी छन्।

 
छोरा १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुन्ड्याएर आमा आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। 

उनका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो। 

प्रहरीका अनुसार बिहान ६ बजेतिर सुरुमा दुबै छोरालाई डोरीले झुन्ड्याएपछि आमा आफू पनि झुन्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रहरी घटनास्थलमा पुग्दा बिहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ। ‘कान्छो छोराको शव आमासँगै एउटै बलोमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला प¥यो,’ उनले भने, ‘जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेको अवस्थामा पाइयो।’ 

उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिन्छ।  

झुन्ड्याएको डोरी छिनेका कारण बाँचेका जेठो छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ। 

एसपी केसीका अनुसार घाइते अवस्थामा घरै भित्र भेटिएका निशानको भने झुन्ड्याउने क्रममा घाँटीमा लागेको डोरीको डोव छ। ‘आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भएछ,’ उनले भने, ‘डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटियो।’ 

दुबै बालक नजिकैको स्कुलमा पढ्ने गर्थे। प्रहरीका अनुसार बिहान १० बज्दा पनि दुबैजना स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए। 

घर बाहिर होल्ला हुन थालेपछि झुन्ड्याएको डोरी छिनेर बाँच्न सफल भएका कविताका जेठो छोरा निशान घर भित्र रुन र कराउन थालेका थिए। 

भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि प्रहरीलाई खवर गरिएको वडा सदस्य गाडीलाल सिक्दारले बताए। उनका अनुुसार प्रहरी पुगेर घरको ढोका खोलेपछि कान्छो छोरा र आमाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो भने जेठो छोरा रोइरहेका थिए। 

स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो। सोही घरमै बस्दै आएकी कवितासँग केही समयदेखि भारतको फारवेशगन्ज घर र विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा बस्दै आएका थिए। 

‘कविताले दोस्रो विवाह गरेको र रामदेवलाई कान्छो पति भनेर भन्ने गर्थिन,’ वडा सदस्य सिक्दारले भने, ‘केही समयदेखि दुईजना सोही घरमा संगै बस्दै आएका थिए।’ 

कविताले कान्छो पति भनेर वरपर चिनजान गराएका रामदेव चार÷पाँच दिनमा एक पटक त्यहाँ आएर कवितासँगै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन्। कविताका दुबै छोरा भने पहिलाका पति अमरलालतर्फका हुन्। 

वडा सदस्य सिक्दारका अनुसार स्थानीय बासिन्दाले आइतबार राति कविता र रामदेवबीच झगडा भएको सुनेका थिए। ‘पति पत्नीबीचमा केही समयदेखि वादविवाद र झगडा हुँदै आएको रहेछ,’ उनले भने।

कविताले कान्छो पति भनेर चिनाएका रामदेवलाई भने घटनास्थलमा थिएनन्। प्राय साँझ परेपछि त्यहाँ आउने रामदेव प्राय बिहान चार÷पाँच बजे उठेर जाने गरेका थिए। ‘त्यहाँ आएको दिन पनि प्राय बिहान सबेरै हिँड्ने गरेका थिए,’ वडा सदस्य सिक्दारले भने, ‘पति पत्नी भनेर भनिएका कारणले पनि ती व्यक्तिका बारेमा त्यति सोधीखोजी र चासो गाउँलेले नराखेको पाइयो।’

एसपी केसीले रामदेव भनिने व्यक्ति सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिए। 

उपचारका लागि नर्सिङ होम पुर्‍याएका १० वर्षीय बालक निशानले भने आमाले सुरुमा भाइ र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको प्रहरीलाई बताएका छन्।

‘हामी सुतिरहेका थियौं। त्यत्तिकैमा भाइलाई आमाले झुन्ड्याइसक्नु भएछ,’ बालकलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘पछि मलाई पनि झुन्ड्याउन खोज्दा मैले थाहा पाएँ। आमाले कसैलाई केही नभन्नु भन्दै कराएपछि मैले केही पनि बोल्न सकिँन।’ 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार बालकले आफूलाई झुन्ड्याउन साथ आमा पनि डोरी लगाएर झुन्डिएको बताएका छन्। उनका अनुसार आमा डोरी लगाएर झुन्डिएको केही बेरमै आफूलाई झुन्ड्याएको डोरी चुँडिएर आफू भूइँमा खसेको ती बालकले बताएका छन्। 

उपचाररत बालकको शरीरका विभिन्न भागमा कुटपिट गरेको निलडाम र चोटपटक देखिन्छ। ती बालकले आफूलाई बुवाले राति कुटपिट गरेको बताएको जानकारी डीएसपी थापाले दिए। 

‘आमा र बुवाबीच राति झगडा भएको थियो,’ ती बालकलाई उद्धृत गर्दै थापाले भने, ‘त्यही झगडाका क्रममा भाइ र मलाई पनि बुवाले कुटपिट गर्नु भयो।’ 

बाहिरबाट हेर्दा घाँटीमा डोरीको पासो लागेको बाहेक महिलाको शरीरमा भने कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ। आमा र नावालक छोराको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ। शवको पोष्मार्टमपछि पनि घटनाका बारेमा धेरै कुरा खुल्ने प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.