यात्रा हुनुहुन्छ ? नारायणगढ-मुग्लिनको पहिरो हटाउन अझै ६ घण्टा
चिवतन : नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा मंगलबार बिहान झरेको पहिरो हटाउन अझै ६ घण्टा लाग्ने भएको छ । मंगलबार बिहान सबेरै अन्य स्थानमा झरेको पहिरो हटाइए पनि चार किलोको पहिरो हटाउन अझै कम्तिमा पनि ६ घण्टा समय लाग्ने भएको हो ।
तीनवटा डोजरको प्रयोग गर्दा पनि समय लागेपछि भरतपुरबाट चेन भएको ठुलो डोजर लगिँदै छ । ठुलो पहिरा झरेका कारण हटाउन अझै समय लाग्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए ।
चार किलो नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोको सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिन्छ । पहिरोका कारण यात्रुहरु बीच बाटोमै अलपत्र छन् ।