नेपालगञ्जका मेयरको तलब समाज सेवामा
नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले तलब भत्ता मानवीय सेवामा लगाएका छन् ।
प्रमुख राणाले मंगलबार तलबभत्ता एक समारोहबीच एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्रकी प्रमुख ब्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गरेका हुन् ।
नगर प्रमुखमा निर्वाचित भए लगत्तै राणाले आफ्नो कार्यकाल भरी पाइने तलब-भत्ता नलिने घोषणा गरेका थिए । उनले हरेक महिना तलब भत्ता मानवीय सेवाका लागि समपर्ण गरिने बताए ।