निर्मला हत्या प्रकरण : दिलीपसिंहसँगै रिहा भए बम दिदीबहिनी
कञ्चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका दुई युवती रिहा भएका छन् ।
निर्मलाको हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका रोशनी बम र बबिता बम पनि रिहा भएका हुन् । उनीहरुलाई पनि जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्त भनिएका दिलीपसिंह विष्टसँगै जिल्ला सरकारी वकिल कार्यालयको राय सहमतिमा रिहा गरेको हो ।
दिलीपसिंह र रोशनी जमानतमा रिहा भएका हुन् भने बबितासँग ३० हजार रुपैयाँ धरौटी लिइएको छ । 'बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,' उनले भने ।बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना शहीद भएका थिए ।
तर उनी त्यसपछि कहिल्यै घर फर्किनन् । उनको शव उनको गाउँकै उखुबारीमा नग्न अवस्थामा भेटिएको थियो । रोशनी र निर्मला एउटै कक्षमा पढ्ने साथी पनि थिए । रोशनी र बबिता दुईजना मात्रै महेन्द्रनगरमा बस्दै आएका थिए ।
रोशनी र बबिता दुवैले प्रहरी र अदालतमा निर्मलाको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गरेका थिए । उनीहरुविरुद्ध सवुत प्रमाण र साक्षी समेत नभेटिएपछि अदालतले रिहा गर्न आदेश दिएको हो ।