दुईलाख मूल्य बराबरको पटका बरामत
बिर्तामोड : चाडपर्व नजिकिएसँगै भारतसँग सीमाना जोडिएका क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ पटका भित्रने क्रम सुरु भएको छ। पूर्वको मुख्य नाका काँकडभिट्टा भन्सारमा चेकजाँचमा कडाइ गरेपछि झापाको दक्षिणी क्षेत्रलाई प्रयोग गर्दै अबैध रुपमा पटका भित्रन थालेको हो।
भद्रपुरबाट मात्र प्रहरीले मंगलबार साँझ दुई लाख मूल्य बराबरको पटका बरामत गरेको छ। जिल्ला प्रहरी कर्यालय झापाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नागिन तथा चकलेट बम (पटका) र तिन थान साइकल बरामद गरेको हो। सो पटकाको मूल्य करिब दुईलाख पर्ने उनको भनाई छ।
भद्रपुर नगरपालिका ३ स्थित बगान क्षेत्रबाट साइकलमा बोरालोड गरी बिष्पोटक पदार्थ (पटका) ल्याउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले सो पटका र पटका ल्याउन प्रयोग गरिएको साइकल बरामत गरेको हो। पटका ल्याउने व्यक्तिहरु साइकल छाडी फरार भएकोले उनीहरुको खोजि तथा सो बिषयमा अनुसन्धान गर्ने भइरहेको प्रहरीले बताएको छ।