१० वर्षीयालाई करणी गरेको आरोपमा पक्राउ

१० वर्षीयालाई करणी गरेको आरोपमा पक्राउ

कञ्चनपुर : दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए। सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

कारागार चलान 


कृष्णपुर नगरपालिका–७ शान्तिपुरका ३३ वर्षीय किशोरदत्त भट्टलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको छ। भट्टले यही भदौ १८ गते कुटानी पिसानी गर्न मिलमा आएका ७० वर्षीय वृद्ध रामदुलारी रानालाई कुटपिट गरेका थिए। भट्टसँग रु १० हजार धरौटी माग गरेपनि तिर्न नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अभद्र व्यवहार गर्नेलाई कार्बाही 

दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ। धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो। कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए। 

स्थानीयपवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.