सुपारी र ब्रोइलर कुखुरा बरामद
बिर्तामोड : झापाको मेचीनगर नगरपालिका क्षेत्रको विभिन्न स्थानबाट प्रहरीले ३९ हजार मुल्य बराबरको सुपारी र ब्रोइलर कुखुरा बरामत गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका- ६ बाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ किलो अन्दाजी १० हजार ५ सय मूल्य बराबरको कुखुरा र नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ हजार ५ सय मूल्य बराबरको ५० किलो सुख्खा सुपारी र अन्दाजी ५ हजार ५ सय मूल्य बराबरको सय किलो मकै बरामद गरिएको हो।
बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ भने बोइलर कुखुरा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ। त्यसैगरी बुधबार राति मोरङको सुनवर्षी नगरपालिका- ८ हर्सनगढी भन्सार कार्यालय अगाडीबाट प्रहरीले ४३ वटा बोइलर कुखुरा पनि बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुगमनमा खटिएको टोलीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा कुखुरा फेला पारेको हो। बरामद साइकल र कुखुरा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।