सुपारी र ब्रोइलर कुखुरा बरामद

सुपारी र ब्रोइलर कुखुरा बरामद

बिर्तामोड : झापाको मेचीनगर नगरपालिका क्षेत्रको विभिन्न स्थानबाट प्रहरीले ३९ हजार मुल्य बराबरको सुपारी र ब्रोइलर कुखुरा बरामत गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका- ६ बाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ किलो अन्दाजी १० हजार ५ सय मूल्य बराबरको  कुखुरा र नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ हजार ५ सय मूल्य बराबरको ५० किलो सुख्खा सुपारी र अन्दाजी ५ हजार ५ सय मूल्य बराबरको सय किलो मकै बरामद गरिएको हो।

बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ भने बोइलर कुखुरा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ। त्यसैगरी बुधबार राति मोरङको सुनवर्षी नगरपालिका- ८ हर्सनगढी भन्सार कार्यालय अगाडीबाट प्रहरीले ४३ वटा बोइलर कुखुरा पनि बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुगमनमा खटिएको टोलीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा कुखुरा फेला पारेको हो। बरामद साइकल र कुखुरा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.