इलाम, पाँचथर र ताप्लेजुङ बुधबारदेखि अन्धकार

इलाम, पाँचथर र ताप्लेजुङ बुधबारदेखि अन्धकार

बिर्तामोड : हावाहुरी र पहिरोका कारण विद्युतको तार र पोलमा क्षति पुगेपछि मेची पहाडी तीन जिल्लामा बुधबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ। इलाम, पाँचथर र ताप्लेजुङकामा विस्तार गरिएको ३३ केभी र १ सय ३२ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण झापाले जनाएको छ। 

दमकबाट गोदकसम्म विस्तार गरिएको १ सय ३२ केभी प्रसारण लाइनमा हावाहुरीले बुधबारदेखि खराबी आएको थियो भने मंगलबार इलामको रोङ गाउँपालिकाको कोल्बुङमा पहिरो जाँदा ३३ केभी लाइनका ४ पोलमा क्षति पुग्नुका साथै तार समेत चुट्टिएको थियो।

सोहि कारणले मेची पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको हो।विद्युत अवरुद्ध हुँदा त्यस क्षेत्रका सेवाग्राही मर्कामा परेका छन्। तीनै जिल्लाका सदरमुकामसहित ग्रामीण क्षेत्रबाट सञ्चालित सञ्चार माध्यम समेत प्रभावित भएका छन्।

तीन जिल्लाका केही एफएम रेडियो, पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यम बन्द भएका छन्। सेवाग्राहीलाई मोबाइल चार्ज गर्न समेत समस्या भएपछि हजारौं नागरिक सम्पर्कबिहीन भएका छन् । विद्युत अवरुद्ध भएपछि व्यवसायिक काममा समेत प्रत्यक्ष प्रभावित भएको व्यवसायीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.