एक खर्ब १६ अर्ब लगानीमा काठमाडौँमा मोनो रेल

एक खर्ब १६ अर्ब लगानीमा काठमाडौँमा मोनो रेल

 काठमाडौं : काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् ।

काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल निर्माणबारे बिहीबार हस्ताक्षर भएको हो । 

एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनो रेलका लागि आवश्यक संरचना तीन वर्षमा निर्माण गरिने सम्झौता गरिको छ । मोनोरोलको संरचना निर्माण भएपछि चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमति भएको छ ।

विज्ञहरुसँग छलफल गरेर एक महिनाभित्र चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने भएको छ । 

तीन चरणमा निर्माण गर्ने गरी सम्झौता भएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार ६ महिनाभित्र डीपीआर तयार गरि तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । 

कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेलको निर्माण हुनेछ । महानगरमा तीन हजार यात्रु बोक्न सक्ने र प्रतिघण्टा एक सय किलोमिटर दगुर्ने मोनो रेल सञ्चालन हुने छ । 

मोनो रेलबारेको प्रारम्भिक अध्ययनले उपत्यकामा भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिकरुपमा सञ्चालन गर्न सकिने देखिएको छ । काठमाडौं र ललितपुरमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.