१५ पुरुषलाई स्तन क्यान्सर भएपछि

१५ पुरुषलाई स्तन क्यान्सर भएपछि

आतंकवादी संगठन अल-कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा हवाइजहाज ठोक्‍काएर आक्रमण गर्‍यो। त्यस घटनामा करिब तीन हजार मान्छेको ज्यान गयो। त्यतिबेला घटनास्थलवरपर रहेका पुरुषमध्ये १५ जनामा स्तन क्यान्सर देखिएपछि हमलाकै कारण स्तन क्यान्सर भएको हो/होइन भन्नेबारे चिकित्सकले अध्ययन सुरु गरेका छन्।

पुरुषलाई स्तन क्यान्सर हुनु दुर्लभ हो। यस्तो क्यान्सरबाट ग्रस्त हुनेमध्ये ९९ प्रतिशत महिला छन् । यो तथ्यले अनुसन्धानकर्तालाई गम्भीर बनाएको छ। घटनास्थलनजिक रहेका थुप्रै मानिसलाई क्यान्सर, दम, ग्यास्ट्रिकलगायत रोग लागेकाले यसप्रति अतिरिक्त चासो देखाइएको छ। 

वल्र्ड ट्रेड सेन्टरनजिक एक कार्यालयमा एकाउन्टेन्ट पदमा कार्यरत जेफ फ्लिन अहिले ६५ वर्षका भए । उनलाई पनि स्तन क्यान्सर भएको छ। 'विष्फोटपछि उडेका रसायन, फोहोर आदिका कारण मलाई स्तन क्यान्सर भएको होला,' उनले भने, 'नत्र मेरो परिवारमा कसैलाई स्तन क्यान्सर भएको थाहा छैन।' यसअघि वैज्ञानिकले वल्र्ड ट्रेड सेन्टर विनाश भएपछि हावामा उडेका धुलो, धुवाँ र रसायनको सम्पर्कमा करिब चार लाख मानिस आएको बताएका थिए।

सो हमलापछि वल्र्ड ट्रेड सेन्टर रहेको सहर न्युयोर्कका स्वास्थ्य केन्द्रमा लिम्फोमा नामक क्यान्सर लागेर जाने बिरामीको संख्या दोब्बर भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.