मोरङ उपाधि नजिक

मोरङ उपाधि नजिक

बेलबारी : मोरङ फुटबल एकेडेमी दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। मोरङको बेलबारी नगरपालिका–११ मा रहेको लक्ष्मीमार्ग मैदानमा बिहीबार भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले स्तब्ध बनाउँदै मोरङ फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा मोरङको भाग्य चम्कियो। मोरङको जितमा सञ्जोग राई र विदेशी खेलाडी प्रेकले एकएक गोल गरे। चर्च ब्वाइजका निरज बस्नेतले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।

रोमाञ्चक खेलको ३७औं मिनेटमा मोरङले सञ्जोग राईको गोलमार्फत खेलमा अग्रता लिएको थियो। राईले प्रहार गरेको बल चर्च ब्वाइजका गोलरक्षक विवश चौधरीले क्लियर गर्न नसक्दा रिवाउन्डमा उनैले जाली चुमाएका थिए। पहिलो हाफको अन्त्यमा मोरङले खेललाई २–० को स्थितिमा पुर्‍याएको थियो। एक्लै बल लिएर अघि बढेका विदेशी खेलाडी प्रेकले वान भर्सेस वानको स्थितिमा भली गर्दै बललाई पोस्टको दिशा दिएका थिए।

७८औं मिनेटमा निरज बस्नेतले गोल फर्काए पनि चर्च ब्वाइजलाई जितका लागि पर्याप्त हुन सकेन। विपक्षी खेलाडीलाई छक्याएर बल अगाडि बढाएका उनले मोरङका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै गोल गरेका थिए।

२५औं मिनेटमा कप्तान अरुण श्रेष्ठ चुक्दा पाहुना टोली चर्च ब्वाइजले सुरुवाती अग्रता लिने अवसर गुमायो। ३१औं मिनेटमा खमिरगिल्सन कान्दङ्वाको प्रहारमा विपक्षी गोलरक्षक बाधक बने। ३३ औं मिनेटमा भुवन बस्नेतको प्रहारले पनि पोस्टमाथिबाट बाहिरियो। ५२औं मिनेटमा अरुण श्रेष्ठको प्रहार बायाँ बार हुँदै बाहिरिँदा चर्च ब्वाइज अभागी ठहरियो। ६६औं मिनेटमा निरज बस्नेतको प्रहारले पनि बाहिरिएको थियो। ६९औं मिनेटमा उनकै प्रहार क्रसबारमाथिबाट बाहिरिनु चर्च ब्वाइजका लागि दुर्भाग्य बन्यो। ७१ औं मिनेटमा दीपेश श्रेष्ठको प्रहारले विपक्षी बार भत्काउन नसक्नु चर्च ब्वाइजको हारको मुख्य कारण बन्यो।

३५औं मिनेटमा कर्ण लिम्बूको प्रहारमा विपक्षी गोलरक्षक चौधरी बाधक बनिदिँदा दुई मिनेट अगाडि अग्रता लिने अवसर मोरङले सदुपयोग गर्न सकेन। लिम्बू पटकपटकको प्रयासमा पनि सफल हुन सकेनन्। ६०औं मिनेटमा सौजन राईको प्रहारलाई गोलरक्षक चौधरीले असफल बनाइदिए। ७३औं मिनेटमै कर्ण वान भर्सेस वानको अवस्थामा असफल बने।

खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेल भए। शुक्रबार रेड हर्स क्लब इलाम र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.