शंकास्पद तिब्बती भारत पठाइयो

शंकास्पद तिब्बती भारत पठाइयो

काठमाडौं : गृह मन्त्रालयले लुकिछिपी गुम्बामा बसेर शंकास्पद गतिविधि गर्ने एक तिब्बतीलाई पक्राउ गरी भारत पठाएको छ । मुस्ताङको एउटा गुम्बामा बस्दै आएका तिब्बती पेमा गेलेलले स्वतन्त्र तिब्बतका पक्षमा गतिविधि गरेको आशंकामा पक्राउ गरी गृहले भारत पठाएको हो ।

मुस्ताङ जिल्ला प्रशासन कार्यालयले त्यहाँको एउटा गुम्बामा बस्दै आएका पेमाको गतिविधि शंकास्पद जानकारी गृहमा पठाएको थियो । गृहको निर्देशनपश्चात् पक्राउ तिब्बती पेमालाई भदौ १३ गते अध्यागमन विभागमा ल्याइएको थियो ।

छानबिनका क्रममा विभागले उनको साथबाट राहदानीलगायत कागजपत्र समेत भेटेन । विभागले उनलाई फेरि नेपाल पस्न नपाउने सचेतसमेत गराएको छ । अध्यागमन विभाग मुद्दा शाखाका अधिकृत चिरन्जीवी थापाले सामान्य जरिवाना गरी पेमालाई भारत पठाइएको बताए । पेमा पहिलो पटक सन् २००८ मा चिनियाँ राहदानीमा काठमाडौं आएका थिए । सधैं गेरु वस्त्रमा हुने उनी केही समय काठमाडौं बसेपछि भारत गएका थिए ।

गृहले लामो समयदेखि गैरकानुनी रूपमा नेपाल बस्दै आएका पेमामा चीनविरोधी गतिविधिमा संलग्न रहेको आशंका गरेको छ । भारतबाट आउँदा पेमा केही समय फर्पिङको एउटा गुम्बामा बसेका थिए । पछिल्लो समय उनी लामो समयदेखि मुस्ताङमा बस्दै आएका थिए । पेमा मुस्ताङका गुम्बामा बसेको थाहा पाएपछि उनी शंकास्पद गतिविधिमा संलग्न भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन मुस्ताङले निगरानी गरेको थियो । पेमाले भारतको पेनुर रिम्पोचे गुम्बामा बुद्ध दर्शनको अध्ययन गरेका थिए ।

चिनियाँ राहदानी नभए पनि उनी खुला सिमानाको फाइदा उठाउँदै अवैध ढंगले बारम्बार भारत—नेपाल आउजाउ गर्दै आएका थिए । अध्ययन सकेपछि आफू भारतका विभिन्न गुम्बामा बसेको उनले बताएका छन् । विभागले केही समयअघि चीनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चिनियाँ सुरक्षा अधिकारीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएका तिब्बती नागरिक तासीलाई समेत भारत नै पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.