लाहुरेको सहरमा सडकको यस्तो बिजोग (फोटो फिचर)

लाहुरेको सहरमा सडकको यस्तो बिजोग (फोटो फिचर)

धरान : लाहुरेको बस्ती भनेर चिनिँदै आएको कोसी लोकमार्गमा पर्ने धरान सडकखण्ड जीर्ण बनेको छ । सडक डिभिजन कार्यालय विराटनगरको बेवास्ताका कारण जीर्ण सडक समयमा मर्मत नगर्दा यातयात सञ्चालनमा समस्या भएको छ । 

कोसी लोकमार्गमा पर्ने धरानको तीनकुनेदेखि जिरो प्वाइन्टसम्मको करिब  ५ किलोमिटर सडक जीर्ण बनेको छ । 

सडकको बीच भागमा परेका ठुला–ठुला खाल्डा नपुरेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । सडक मर्मत नगरिँदा सबैभन्दा बढी मार विरामी बोक्ने एम्बुलेन्सलाई परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि विरामी बोकेर दैनिक २ सय भन्दा बढी एम्बुलेन्सहरु आउने गर्छन् । 

कोसी लोकमार्गको धरान सडक खण्डको तीनकुनेदेखि बरगाछी, ट्राफिक चोक, भोटेपुल, भानु चोक, कलेज रोड, लक्ष्मी चोक, हुँदै जिरो प्वाइन्टसम्मको पुरै सडक जीर्ण बनेको ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख होमराज दाहालले बताए । 
सडक डिभिजन कार्यालयले जीर्ण सडक मर्मत नगरेका कारण यातायातका साधन सञ्चालनमा गम्भीर समस्या आएर सवारी दुर्घटनाको जोखिम बढेको बताए । 

तीनकुनेदेखि जिरो प्वाइन्टसम्मको पुरै सडक जीर्ण भएको पाँच महिना बितिसकेको छ । तर, सडक विभागले मर्मतमा चासो नदेखाएकाले पानी परेको समयमा सवारी आवागमनमा गम्भीर समस्या परेको छ । 

धरानको यो सडक भएर प्रदेश १ का सभामुख प्रदीप भण्डारी दैनिक विराटनगर ओहोरदोहोर गर्छन् । प्रदेश १ का मूख्यमन्त्री शेरधन राई पनि धरान भएर भोजपुर घर आवतजावत गर्दै आएका छन् । तर, सभामुख भण्डारी र मुख्यमन्त्री राईले समेत यो सडक मर्मत गर्न चासो नदेखाएको स्थानीयको गुनासो छ । 

सडक जीर्ण बनेका कारण रातको समयमा आउने पर्यटकका गाडिलाई समस्या हुने गरेको होटल एशोसियशन धरानका पूर्वअध्यक्ष प्रमेश श्रेष्ठले बताए । 

जीर्ण सडकका कारण देश विदेशबाट आउने पर्यटकका गाडी सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको उनको भनाइ छ । जीर्ण सडककै कारण प्रदेश १ कै ठुलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म विरामी बोकेर आउने एम्बुलेन्स सञ्चालनमा समस्या उत्पन्न भएको छ । 

सडकभरी खाल्डाखुल्डी भएका कारण विरामी बोकेको एम्बुलेन्स चलाउन समस्या भएको एम्बुलेन्स चालक टेकबहादुर मगरले बताए । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर जितेन्द्र चौधरीले पूर्व–पश्चिम राजमार्ग मर्मत भइरहेकाले धरानको जीर्ण सडक मर्मतमा ढिलाइ भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.