तेन्जिङ हिलारी विमानस्थलमा एक हप्तादेखि उडान अवरुद्ध

तेन्जिङ हिलारी विमानस्थलमा एक हप्तादेखि उडान अवरुद्ध

ओखलढुंगाः सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा एक हप्तादेखि उडान अवरुद्ध छ। खराब मौसमका कारण उडान अवरुद्ध भएको हो।जहाज नआएपछि पर्यटक अलपत्र परेका छन्। सगरमाथा क्षेत्रमा पर्यटकको आवतजावत गर्ने एक मात्र हवाई माध्यम लुक्लामा एक हप्ता यता हुस्सुले ढाकेपछि उडान अवरुद्ध भएको हो। खुम्बु क्षेत्रमा आएका पर्यटक एक हप्तादेखि विमानको पर्खाइमा छन्।

नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुँवरका अनुसार ३ सय भन्दा बढी पर्यटक राजधानी फर्किन सकेका छैनन्।उनीहरु अहिले लुक्लामै जहाज पर्खेर बसेका छन्।  विमानस्थल अवरुद्ध हुँदा यात्रु र पर्यटक मात्र होइन कृषिजन्य खाद्यवस्तु ढुवानी समेत रोकिएको छ ।यहाँ तरकारी चामललगायतका खाद्य वस्तु हेलिकोप्टर र प्लेनबाट ढुवानी हुँदै आएको छ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पर्यटक आगमनका लागि मात्र नभइ खाद्यान्न ढुवानी गर्ने माध्यम समेत भएकाले भएकाले तरकारी तथा खाद्य सामाग्रीको अभाव सुरु भएको नाम्चे होटल व्यवसायी संघका सदस्य लामा काजी शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.