ऋषिपञ्जमी नुहाउन गएका दुई बालिकाको डुबेर मृत्युः एक वेपत्ता

ऋषिपञ्जमी नुहाउन गएका दुई बालिकाको डुबेर मृत्युः एक वेपत्ता

वीरगन्ज : पर्सामा शुक्रबार ऋषिपञ्चमी नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ। नुहाउने क्रममा चारजना बालबालिका डुबेकामा दुईजनाको मृत्यु भएको हो। एक बालकको सकुसल उद्धार भएको छ भने एक बालिका बेपत्ता छिन्। 

बहुदरामाई नगरपालिका-७ मा पर्ने ढोगंही नदीमा शुक्रबार ऋषिपञ्चमी नुहाउन आमा दिदी र गाउँका महिलासँगै गएका बहुदरामाई नगरपालिका-९ विश्रामपुर मौजे टोलका चारजना बालबालिका डुबेका हुन्। 

ती मध्ये मौजे टोलका मनोज पटेलकी १२ वर्षीया छोरी मुन्नी कुमारी र सोही टोलका खोबारी साहकी १४ वर्षीया छोरी पिंकी साहको मृत्यु भएको हो। नदीमा डुबेर बेपत्ता भएकी पिंकीकी बहिनी आठ वर्षीया रिंकी साहको अवस्था भने शुक्रबार साँझसम्म अज्ञात रहेको छ।

नदीमा डुबेर बेपत्ता सोही टोलका उमेश पटेलका छोरा सात वर्षीय सागर पटेलको भने साथीहरुले उद्धार गरेका छन्। उद्धार गरिएका बालक सकुसल रहेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। 

ढकालका अनुसार नदीमा डुबेर बेपत्ता भएकी रिंकीको खोजीकार्य भइराखेको छ।  मृत फेला परेका दुवै बालिकाको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको प्रहरी उपरिक्षक ढकालले जानकारी दिए। 

यसअघि भदौ १९ गते पनि पर्साकै वीरगन्ज महानगरपालिका२४ ज्योतिनगरमा रहेको पोखरीमा डुबेर एकै परिवारका दुईजना बालकको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा गत जेठ महिनादेखि शुक्रबार साँझसम्म पोखरी र नदीमा डुबेर १४ बालबालिकाको मृत्यु भइसकेको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.