कुुखुुरापालनमा रमाए भूपू भारतीय सैनिक

कुुखुुरापालनमा रमाए भूपू भारतीय सैनिक

भद्रपुुर : ‘आधा उमेर भारतीय सेनामा बिताइयो, बाँकी नेपालमै आफूले जानेको सीप प्रयोग गरेर मर्ने रहर छ ।’ भारतीय सेनामा काम गर्दा भारत सरकारले कुुखुुरापालन व्यवसाय देखाउँथ्यो । उता व्यवसाय गरेको देख्दा यता आपूmले पनि गर्न सकिन्छ कि भन्ने उनलाई लाग्यो । पेन्सन पकाएर फर्केको एक वर्षमा दमकका प्रेमबहादुुर बेघाले आफ्नो व्यावसाय सुरु गरे ।

दमक–१ को डाडाँगाउँ टोलमा २०६७ सालदेखि दुुई सय कुुखुुराबाट पाथिभरा कृषि फार्म खोलेर व्यवसाय सुुुरु गरेका बेघाले हाल १० थरिका कुुखुुरा पालेका छन् । आफ्नै १० कठ्ठा जग्गामा उक्त फार्म सञ्चालित छ ।

ब्रोइलर कुुखुुराभन्दा लोकल कुुखुुरा खाँदा स्वस्थकर हुुन्छ भन्ने सन्देश दिन खोजेका बेघासँग हाल बनराजा, अष्टर, गिरिराज, कडकनाथ, जापानिज, सिल्कि, पोलिस, र लोकल जातमा दुुम्सी र घाँटी खुुईले गरेर दुुई हजार कुुखुुरा छन् । हाल उनले हप्तामा आठ सय चल्ला पनि बेच्ने गर्छन् ।

कुुखुुरासँगै बेघाले मासुुका लागि ३५ सयवटा बट्टई, आठ सयवटा तिथ्र्रा, ३५ वटा टर्की र करिब १५ सय हाँस पालेका छन् । मासुुका लागि भने पनि अरुको तुुलनामा टर्की र बट्टईका चल्ला नै धेरै बिक्री हुुने गरेको छ ।

चल्ला उत्पादन गराउने चारवटा मेसिन राखेका छन् । उनले चल्ला बेच्दा सयवटा लैजानेलाई चारवटा चल्ला र ५० वटा लैजानेले दुईवटा चल्ला बढी दिने गर्छन् । उनले जिउँदो लोकल कुुखुुरा प्रतिकेजी पाँच सय ५० रुपैयाँ र लोकल अन्डा प्रतिगोटा १५ रुँपैयामा बिक्री गर्दै आएका छन् ।

हाल उनको मासिक कमाइ एक लाख २५ हजार रुपैयाँ छ । दुई जना कर्मचारीलाई २५ हजार तलब र अन्य खर्च कटाएर उनले मासिक २५ हजार रुपैयाँ बचत गर्ने गरेको बताए । ‘पैसाका लागि मात्रै पनि कुुखुुरा पालन गरेको हैन’, उनी भन्छन्, ‘आगामी पुुस्ता र दुुई, चारजना बेरोजगारलाई स्वरोजगार बनाउने पनि हो ।’

सुरुका दिनमा पोखरा र दक्षिण भारतका फार्मबाट उनले चल्ला ल्याएर हुुर्काएका थिए । अहिले उनीबाटै चल्ला लगेर पाँच सय युुवा स्वरोजगार भएका छन् । चल्ला लैजानेलाई उनले आपैm कसरी जतन गरेर राख्ने भन्ने बारे सल्लाह दिन्छन् । ४५ दिनमा भ्याक्सिन लगाउनेदेखि लिएर भिटामिन खुुवाउनेलगायत समस्या लिएर आउनेलाई उनी सल्लाह दिन्छन् ।

पूर्वी पहाडी जिल्लादेखि झापा मोरङमा बेघाले लोकल कुुखुुरापालनका विषयमा विभिन्न किसिमका तालिम पनि दिँदै आएका छन् ।

उनको फार्मबाट चल्ला भारतको सिक्किम, दार्जलिङदेखि लिएर नेपालका पूर्वीपहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, खोटाङ, भोजपुुर, इलाम, मोरङ, र काठमाडौंसम्म चल्ला जाने गरेको छ । बेघाका अनुुसार सिक्किमतिर पोलिस जातको कुुखुुरा बढी जान्छ । देख्दा राम्रो देखिने भएकाले एकाध घरमा शोखका लागि पाल्न लाने गर्छन् । ‘पहाडतिर गिरिराज बढी जान्छ मासुु तेजिलो र छिट्टै रोगले नसमात्ने हुुनाले पाल्न सजिलो छ’, उनी भन्छन् ।

बेघाले सरकारी सहयोगको अपेक्षा गरेका छन् । सरकारी अनुुदान प्राप्त गरे उनले आप्mनो व्यवसाय अझ विस्तार गर्न सकिने बताए । उनले भने, ‘अनुुदानका लागि पटकपटक ताकेता गरें, तर सरकारले हेरेन ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.