दुई छिमेकी देश जोड्दै कालीगण्डकी करिडोर

दुई छिमेकी देश जोड्दै कालीगण्डकी करिडोर

तम्घास : दुई छिमेकी राष्ट्रसहित लुम्बिनी र मुस्ताङ जोड्ने कालीगण्डकी करिडोर निर्माणको कामले तीव्रता पाएको छ। २०५९ सालदेखि सरकारले करिडोर निर्माणको थालनी गरे पनि कामले तीव्रता पाउन सकेको थिएन। रिडीदेखि रुद्रवेनीसम्मको सडक फराकिलो गर्ने काम नेपाली सेनाले थालेको हो।

रुद्रवेनीदेखि बाग्लुङ खण्डको सडक निर्माण फराकिलो गर्ने कामको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन्। हाल निर्माण गरिएको १० मिटर चौडा सडकमा करिब दस करोड रुपैयाँ खर्च भएको सेनाले जनाएको छ। यो सडकले गुल्मीका ग्रामीण क्षेत्र समेत मूल प्रवाहमा जोडिनेछन्। जिल्लाका रुरु, सत्यवती गाउँपालिका, मुसीकोट नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। छिमेकी जिल्ला बाग्लुङ, स्याङ्जा, कास्की, पर्वत, मुस्ताङ र पाल्पाका यात्रुसमेत लाभान्वित हुनेछन्।

लामो समयको पर्खाइपछि सडक निर्माणको कामले तीव्रता पाउन थालेपछि जिल्लावासी खुसी बनेका छन्। ‘यस सडकले जिल्लाको आर्थिक विकासको ढोका खुल्नेछ’, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले भने, ‘धार्मिक पर्यटक धेरै संख्यामा भित्रिने आशा छ।’ रिडी आउने तिर्थयात्रीलाई रेसुंगासम्म ल्याउने गरी योजना बनाउनुपर्ने स्थानीयको भनाइ छ। करिडोरले चीन र भारतलाई जोड्ने भएपछि हिन्दु र बुद्धधर्मालम्वीको ओहोरदोहोर धेरै हुने अपेक्षा गरिएको छ। चीनको मानसरोवार जानका लागि यो सडक एकमात्र छोटो गन्तव्य हुनेछ।

धार्मिक पर्यटकीय मार्गका रूपमा रहेकाले यस सडकले रिडी, मुक्तिनाथ, लुम्बिनी र मानसरोवरमा पुग्ने धर्मावलम्बीलाई धेरै सहज बनाउने अनुमान गरिएको छ। यो सडकसँगै मदन भण्डारी लोकमार्गले समेत गुल्मीलाई जोड्ने भएको छ। दुवै गौरवका आयोजना पूरा भएपछि समग्र जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उद्योगी व्यवसायीको अपेक्षा छ। जिल्लामा उत्पादित वस्तुलाई छिमेकी मुलुकमा ओसारपसार गर्न सहज हुने व्यवसायीले आशा गरेका छन्। रिडीनजिकै पाल्पाको अर्गेलीमा सुख्खा बन्दरगाह निर्माण र कालीगण्डकी नदीमा ¥याफ्टिङ बनाउने सकिने राम्रो संभावना छ। यसले यस क्षेत्रका स्थानीयको जीवनस्तरमा पनि महत्वपूर्ण टेवा पुग्ने देखिन्छ।

रिडीदेखि बाग्लुङको मालढुंगासम्मको ८० किलोमिटर सडक नेपाली सेनाले पूरा गर्नेछ। सबै लक्ष्य पूरा गर्ने गरी यो सडक चार सय ३५ किलोमिटर दूरीको हुनेछ। मालढुंगादेखि मुस्ताङसम्मको एक सय ९० किलोमिटरको सडक चौडा गरेर पनि कालोपत्रे गर्ने काम तीव्र रूपमा भइरहेको छ। बर्खामा सधैं सास्ती खेप्ने गरेका यस क्षेत्रका बासिन्दाले करिडोर निर्माणले सहज हुनेमा ढुक्क छन्। साँघुरो र अप्ठयारो सडकमा सडक दुर्घटना समेत धेरै हुने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.