पिसकोरको शैक्षिक कार्यक्रम फेरि सुरु

पिसकोरको शैक्षिक कार्यक्रम फेरि सुरु

ललितपुर : अमेरिकी स्वयंसेवी संस्था पिसकोर नेपालले १४ वर्षपछि फेरि शैक्षिक कार्यक्रम सुरु भएको छ। सन् २००४ मा पिसकोर कार्यक्रम निलम्बन भएको थियो। सशस्त्र द्वन्द्वका बेला अमेरिकी सूचना केन्द्र अगाडि बम पड्किएपछि अमेरिकी सरकारले सन् २००४ देखि कार्यक्रम बन्द गरेको थियो।

चार हजारभन्दा बढी अमेरिकी नेपाल आएर स्वयंसेवा गरिसकेको अवस्थामा बम विस्फोटपछि उनीहरू फर्केका थिए। बन्द भएको आठ वर्षपछि अर्थात् सन् २०१२ मा कार्यक्रम फेरि सञ्चालनमा आएको हो। कार्यक्रम सुचारु भए पनि शैक्षिक कार्यक्रम अघि बढेको थिएन। २०१२ मा नेपालमा कार्यक्रम थालेपछि पिसकोर स्वयंसेवकहरू खाद्य सुरक्षाअन्तर्गतका योजना सञ्चालनमा थिए।

पछिल्लोपटक पिसकोरले शिक्षा मन्त्रालयबाट तीन जिल्ला ललितपुर, काभ्रेपलाञ्चोक र स्याङ्जामा शिक्षा समन्वय कार्यक्रमका लागि अनुमति लिएर पुरानो अवस्थामा काम अघि बढाउन लागेको हो। ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष अम्बरबहादुर खड्काले अमेरिकी सरकारअन्तर्गतको स्वंयसेवी संस्था पिसकोरले अन्तरदेशीय संस्कृति तथा परम्पराबारे जानकारी गराउने बताए।

अमेरिकाबाट आएका स्वयंसेवी विद्यालयमा पुगेर आफ्ना भाषा, संस्कृतिलगायत विषयमा सूचना आदानप्रदान गर्ने र बालबालिकालाई अतिरिक्त क्रियाकलाप सिकाउने खड्काले बताए। जिल्ला शिक्षा तथा समन्वय एकाइ ललितपुरका प्रमुख गुणराज पोखरेलले ललितपुरका ६ गाउँपालिकाका १५ विद्यालयमा स्वयंसेवकको प्रस्ताव गरिएको भए पनि के कति स्वंयसेवक पठाउँछन् एकिन भइनसकेको बताए। ‘उनीहरूले हाम्रो आवश्यकतालाई ध्यान दिनुपर्छ। आफ्नो अनुकूलता हेर्ने हो भने यो सहयोग स्वीकार्य हुँदैन’, पोखरेलले भने।

नेपाल आएका अमेरिकी स्वयंसेवीले अंग्रेजी शिक्षकसँग बसेर बालबालिकालाई अतिरिक्त सिप सिकाउने, पढाउनेभन्दा अन्य सिकाइको माध्यमबाट बालबालिकाको ज्ञान बढाउने छन्। ती प्रतिनिधि समुदायमा बस्ने त्यहाँको संस्कृति सिक्ने र सिकाउने योजना रहेको स्वंयसेवकलाई फिल्डमा जानुभन्दा पहिला त्यही समाजको बारेमा ९० दिन प्रशिक्षण दिइनेछ।

पीएचडी, एमफिल जस्ता शैक्षिक कोर्स पूरा गर्न सामाजिक कार्यमा सहभागी हुन उनीहरू यहाँ आउने गर्छन्। यस प्रकारको कार्यक्रमबाट मुलुकलाई हित गर्ने हुनाले सरकारले यस्तो कार्यक्रम स्वीकार गरेको हो। शिक्षा मन्त्रालयबाट पत्राचार भएपछि आफूले समन्वय गरिदिएको जिसस अध्यक्ष खड्काले बताए।

पिसकोरका लागि प्रस्तावनामा ललितपुर महानगरपालिकाको महेन्द्र भृकुटी एकान्तकुना, युवा प्रतिभा मावि बुङमती, जनउदय मावि, भंैसेपाटी छन्। ‘महालक्ष्मी नगरपालिकाको बासुकी मावि र सिस्नेरी मावि लामाटार पनि त्यसमा छन्। गोदावरी नगरपालिकाका विशंखुनारायण मावि गोदामचौर, वाणीविलास मावि चापागाउँ, फुलचोकी मावि ठैब, किटनी मावि टौखेल, प्रद्यप्रसाद मावि बडिखेल छन्।

गाउँपालिकामा कोन्जोस्योमको गुप्तेश्वर आधारभूत, भारदेउ, बाघभैरव मावि, चौघरे परेका छन्। महांकालको बुखेलस्थित कालीदेवी मावि परेको छ। बागमती गाउँपालिकाको कालीदेवी भट्टेडाँडा, विद्याविश्वरी मावि आस्राङ छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.