'अरिंगालको फौज भगाउन कांग्रेस सक्षम छ’

'अरिंगालको फौज भगाउन कांग्रेस सक्षम छ’

भक्तपुर : नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले देशभर धुँवा बनाएर प्रधानमन्त्री केपी ओलीको अरिंगालको फौज भगाउन कांग्रेस सक्षम रहेको बताएका छन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत आइतबार प्रधानमन्त्रीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएका जिल्ला सभापति थापाले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्या बदला लिनसमेत कांग्रेस तयार रहेको बताए।

उनले सरकारविरुद्ध चारैतिरबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीलाई अरिंगालको फौज भएर प्रत्याक्रमण गर्न कसलाई भन्न खोजेको भन्दै प्रश्न गरे।

‘सरकारसँग सेना र प्रहरीको फौज छ। सत्तासीन दलका नेता कार्यकर्ताहरुको पनि फौज छ’, जिल्ला सभापति थापाले भने, ‘प्रधानमन्त्री ओलीले कुन फौजलाई अरिंगालको फौज भन्न खोजेका हुन्। जुनसुकै अरिंगाल भने पनि धुँवा बनाएर त्यसलाई भगाउन कांग्रेस सक्षम छ।’

प्रधानमन्त्री ओलीले हालै एक कार्यक्रममा देशभर सरकारको विरोध हुन थालेपछि सरकारको प्रतिरक्षाको लागि सरकार पक्षधरहरु अरिंगालको गोलो भएर प्रत्याक्रमणमा उत्रनुपर्ने अभिव्यक्ति दिएका थिए।

कांग्रेस भक्तपुरले आइतबार भक्तपुर नपा १ दूधपाटीस्थित पार्टी कार्यालयबाट विरोध र्‍याली प्रदर्शन गरी प्रजिअमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र दिएको थियो। सरकारविरोधी विभिन्न नारा लगाइएको विरोध र्‍याली दूधपाटीबाट भार्वाचो, वंशगोपाल, नासमना, गःहिटी, टौमढी, साकोथा, दरबार क्षेत्र हुँदै जिल्ला प्रशासन कार्यालयमा समापन गरिएको थियो।

कांग्रेसले बुझाएको ज्ञापनपत्रमा निर्मला बलात्कार तथा हत्याकाण्डका दोषीदेखि देशमा व्याप्त भ्रष्टाचारमा संलग्नलाई कारबाही माग गरिएको छ।
त्यस्तै जग्गा बाँडफाँटमा मोही किसानलाई लगाइएको जग्गा हदबन्दी खारेज गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

भक्तपुर–काठमाडौं ६ लेन सडकमा दिनहुँ भइरहेको जाम हटाउन बैकल्पिक बाटाको तुरुन्त व्यवस्थ गर्नसमेत भक्तपुर कांग्रेसले माग गरेको छ।

न्यायालय र सञ्चार क्षेत्रमा सरकारको हस्तक्षेप बढेकोमा विरोध गर्दै भक्तपुर कांग्रेसले सडक विस्तार र फराकिलो गर्ने नाउँमा अवैज्ञानिक मापदण्डअपनाएर जनतालाई सुकुमबासी बनाउने काम तत्काल बन्द गर्न माग गरेको छ।

निर्धारित समयमा कार्य सम्पादन नगर्ने ठेकेदारहरुलाई कारबाही गर्नुको सट्टा राजनैतिक संरक्षण दिइएको भन्दै भक्तपुर कांग्रेसले आपत्ति जनाएको छ। सिन्डिकेटको नाउँमा यातायात क्षेत्रलाई अस्तव्यस्त बनाइँदा दसैं तिहार जस्तो महान चाडपर्वको मुखमा यात्रु थप समस्यामा परेकोतर्फ भक्तपुर कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.