दसैंअघि दाङमा नियमित हवाई उडान

दसैंअघि दाङमा नियमित हवाई उडान

तुलसीपुर :  २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ एयरपोर्टमा पुनः नियमित हवाई सेवाको तयारी गरिएको छ । पटक पटक बन्द हुँदै र सञ्चालन हुँदै आएको टरिगाउँ एयरपोर्टमा दसैं अघिबाट हवाई सेवालाई नियमित गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले बताएका हुन् ।

आफू मन्त्री भएदेखि दाङको हवाई सेवा नियमित गर्ने सोच बनाएको र यो दसैं अघि नै हवाई सेवा नियमित हुने उनले बताए । एयरपोर्ट निरीक्षणका लागि दाङ आएका मन्त्री अधिकारीलाई तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्टमै गरेको स्वागत गरेको थियो । 

‘दाङमा नियमित हवाई सेवा सञ्चालन गर्ने योजना बनिसकेको छ, हवाइसेवा सञ्चालनका धेरै विकल्प छन्’, सोही अवसरमा उनले भने, ‘सबै विकल्पलाई केलाएर सजिलो, सस्तो र भरपर्दाे विकल्पमा हामी पुगेका छौं ।’ उनले पहिलो चरणमा नियमित गर्न काठमाडौ–भैरहवा–दाङ गरेर सेवा सुरु हुने जानकारी दिए ।

‘हवाई सेवा नियमित गर्न कुराभन्दा काम गरौं भनेर लागेका थियौं’, अधिकारीले भने, ‘ठूला जहाज चलाउन रनवे सानो भयो, साना जहाज चलाउन इन्धन आवश्यक हुने देखियो । अहिले यसलाई पूरा गर्न भैरहवा टेकअफ गरेर दाङमा नियमित गर्न सकिन्छ ।’ 

यो सेवा दसैं अघिबाटै सुरु हुने उनले दाबी गरे । साना जहाज कम भएका कारण धेरै एयरपोर्टमा नियमित गर्न नसकेको उनले बताए । पछिल्लो समय धेरै वर्षदेखि हवाई सेवा अनियमित भएका स्थानमा पनि नियमित गराउन सुरु गरेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले इतिहास बोकेको एरपोर्टलाई तत्काल नियमित बनाउन आग्रह गरे । उनले दाङमा हवाई सेवा जोड्न स्थानीय सरकारले पहल थालिरहेको समेत जानकारी दिए । 

नेपाल वायु सेवा निगमका महानिर्देशक सञ्जीव गौतमले दाङमा हवाई सेवा नियमित गर्न कहीँ कतै अवरोध नहुने बताए । उनले हवाई सेवालाई नियमित गर्न निगम तयार भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.