फुटबल खेल्दा मृत्यु

फुटबल खेल्दा मृत्यु

दमक : मोरङको बेलबारीमा फुटबल खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी नगरपालिका–८ का १८ बर्से नारायण बस्नेत रहेका छन्।

बेलबारी नगरपालिका–८ कदमचोकमा फुटबल खेल्ने क्रममा बस्नेत अचानक बेहोस भएका थिए। 

शनिबार दिउँसो साढे १२ बजेको समयमा उनी घर नजिकैको मैदानमा फुटबल खेल्न गएका थिए। फुटबल खेलिरहेका बस्नेत अचानक बेहोस भएर मैदानमै ढलेका थिए। 

बेहोस अवस्थामा रहेका नारायणलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.