साउदीमा कामदारको तलब बढ्यो

साउदीमा कामदारको तलब बढ्यो

काठमाडौं : साउदी अरबमा नेपाली कामदारको तलब बढेको छ । साउदीमा काम गर्न जाने कामदारका लागि सरकारले न्यूनतम ज्याला एक हजार र खाना भत्ता तीन सय रुपैयाँ बनाएको छ । ६ वर्षअघि सरकारले साउदीका लागि न्यूनतम पारि श्रमिक निर्धारण गरेको थियो ।

सरकारको उक्त निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् । यस अघि आठ सय न्यूनतम ज्याला र खाना भत्ता दुई सय थियो । अब साउदी जाने लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस व्याय, वाचमेनले १३ सय रियाल पाउनेछन् । उनीहरुको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।

राजपत्रमा प्रकाशित भएपश्चात बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टको सचिवालयले जनाएको छ । साउदीमा अब १३ सयदेखि अधिकतम ज्याला ११ हजार रियाल र खानाभत्ता पाँच सय रियाल पाउनेछन् ।

मन्त्रालयका अनुसार अर्धदक्ष कामदारले १२ सय पारि श्रमिक र खानाभत्ता तीन सय प्राप्त गर्नेछन् । मेसन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, पलम्बर, मेकानिक, कुक, सेक्युरिटी म्यान, वेटर, सेल्स म्यन, इलेक्ट्रिसियनलगायतले उक्त सुविधासहित औषधोपचार, हवाई टिकटसमेत पाउनेछन् ।

बेकर्स, कुक, मेकानिकल, इलेक्ट्रोनिकलगायत दक्ष कामदारले पाँच सय खानाभत्तासहित १२ सयदेखि तीन हजार रियाल पाउनेछन् । म्यानेजर, जनरल म्यानेजर, एक्जुकेटिभ, डाक्टर, चार्टड एकाउन्टेन्टलगायत व्यावसायिक कामदारले पाँच हजार रियालदेखि ११ हजार रियालसम्म पाउने भएका छन् ।

साउदी अरेबियाका लागि नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक र अन्य सुबिधाको विवरण

सि. नं

कामदारको वर्गीकरण

कामदारको पद

अनुभव र सीप

न्यूनतम पारिश्रमिक

(साउदी अरब रियाल)

खाना भत्ता (साउदी अरब रियाल)

अन्य सुबिधा

कैफियत

१.

अदक्ष (Unskilled)

लेवर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय, वाचमेन

अदक्ष

१०००(एक हजार)

३००(तीन सय)

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

२.

अर्ध-दक्ष (Semi-Skilled)

मेशन,ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रीकल हेल्पर, स्टिल फिक्स्चर,टायल फिक्स्चर,  प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, ए.सी. मेकानिक, लउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्ट

तालिम प्राप्त

१,२०० (बाह्र सय)

३००(तीन सय)

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दुई वर्षको कार्य अनुभव

१,३००(तेह्र सय)

चार वर्षको कार्य अनुभव

१,४००(चौध सय)

पाँच वर्षको कार्य अनुभव वा आधारभूत दक्ष तह (Skill level 1)

१,५००(पन्ध्र सय)

सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स मेन, इलेक्ट्रीसियन

तालिम प्राप्त

१,२०० (बाह्र सय)

३००(तीन सय)

दुई वर्षको कार्य अनुभव

१,३००(तेह्र सय)

चार वर्षको कार्य अनुभव

१,४०० (चौध सय)

पाँच वर्षको कार्य अनुभव

१,५०० (पन्ध्र सय)

लाइट ड्राइभर

तालिम प्राप्त

१,३०० (तेह्र सय)

३००(तीन सय)

दुई वर्षको कार्य अनुभव

१,४००(चौध सय)

चार वर्षको कार्य अनुभव

१,५०० (पन्ध्र सय)

पाँच वर्षको कार्य अनुभव

१,६०० (सोह्र सय)

हेभी ड्राइभर

तालिम प्राप्त

१,५०० (पन्ध्र सय)

३००(तीन सय)

प्रत्येक यात्राको

 यात्रा भत्ता अनिबार्य उपलब्ध गराउनु पर्ने

दुई वर्षको कार्य अनुभव

१,८०० (अठार सय)

चार वर्षको कार्य अनुभव

१,९०० (उन्नाईस सय)

पाँच वर्षको अनुभव

२,२००(बाईस सय)

प्लान्ट अपेरटर, कन्स्ट्रक्सन सुपरभाइजर

आधारभूत तह (At least level 1)

२,००० (दुई हजार)

३००(तीन सय)

 

फोरम्यान

आधारभूत तह (At least level 1)

२,२०० (बाईस सय)

३००(तीन सय)

कन्स्ट्रक्सन इक्युपमेन्ट अपरेटर, स्काफोल्डिंग सुपरभाइजर, ड्राउटसम्यान

आधारभूत तह (At least level 1)

२,५०० (पच्चिस सय)

३००(तीन सय)

३.

दक्ष (Skilled )

बेकर्स

आधारभूत तह (At least level 1)

१,२०० (बाह्र सय)

५०० (पाँचसय)

 

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

कुक

आधारभूत तह (At least level 1)

१,४०० (चौध सय)

फ्रन्ट अफिस

आधारभूत तह (At least level 1)

१,५०० (पन्ध्र सय)

एडमिनिसट्रेटिभ  असिस्टेन्ट

आधारभूत तह (At least level 1)

१,८०० (अठार सय)

कम्पुटर अपरेटर

आधारभूत तह (At least level 1)

२,०००(दुई हजार)

फर्मासिस्ट, ल्याबरेटोरी र टेक्निसियन, मेडिकल असिस्टेन्ट

आधारभूत तह (At least level 1)

२,२००(बाईस सय)

एकाउन्टेन्ट, ओभरसियर

आधारभूत तह (At least level 1)

२,५००(पच्चिस सय)

नर्स

आधारभूत तह (At least level 1)

३,०००(तीन हजार)

४.

व्यावसायिक

(Professional)

एच.आर. एक्जीक्युटीभ

विशेषज्ञ

५,०००(पाँच हजार)

 

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

इन्जीनियर (कम्प्युटर, सेफ्टी, टेलिकम, इलेक्ट्रोनिक, मेकानिकल, इलेक्ट्रीकल र सिभिल)

विशेषज्ञ

५,३००(पाँच हजार तीन सय)

म्यानेजर

विशेषज्ञ

५,५००(पाँच हजार पाँचसय)

जनरल म्यानेजर

विशेषज्ञ

६,५००(छ हजार पाँचसय)

डाक्टर (जनरल फिजिसियन), सर्जन, चार्टर्ड एकाउन्टेन्ट

विशेषज्ञ

११,०००(एघार हजार)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.