सगरमाथामा पाइला टेक्ने महिला ४०८ पुगे

सगरमाथामा पाइला टेक्ने महिला ४०८  पुगे

काठमाडौं : हिमालसँग मानव सम्बन्ध जोडिएको ६५ बर्से इतिहासमा जम्मा ४ सय ८ जना महिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्यांकअनुसार २०३२ साल जेठ २ मा जापानी महिला जुन्को तावेईले पहिलो पटक सगरमाथाको आरोहण गरेयता यस वर्षसम्म सगरमाथा शिखर टेक्ने महिलाको संख्या हो यो ।

यस वर्ष जम्मा ५२ जना महिला सगरमाथा शिखरमा उक्लिएका थिए । तीमध्ये १७ जना नेपाली छन् । २०५० वैशाख १० गते नेपाली महिला पासाङ ल्हामु शेर्पाले पहिलो पटक सफल आरोहण गरेकी थिइन् । गत वर्षसम्म २६ र यस वर्ष १७ जना गरी ४३ जना नेपाली महिलाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सगरमाथा आरोहण गर्ने नेपाली महिलामध्ये संखुवासभा घर भई हाल अमेरिकी नागरिकता लिएकी लाक्पा शेर्पाले सर्वाधिक ९ पल्ट आरोहण गरी विश्व कीर्तिमान बनाएकी छन् । उनले २०५७ जेठ ५ गते पहिलो पटक नेपाली मोहोडाबाट सगरमाथा आरोहण गरेकी उनले निरन्तर ८ पटक तिब्बती मोहोडाबाट आरोहण गरेकी छन् । नेपाली मोहोडाबाट उनले एक पटक मात्र आरोहण गरे पनि माया शेर्पा, सुश्मिता मास्के र छुरिम शेर्पाले दुई पटक आरोहण गरेका छन् । यस वर्ष १५ जना महिला सगरमाथा आरोहणमा असफल भएर फर्किएको पर्यटन विभागले जनायो ।

साहसिक क्षेत्रमा नेपाली महिला पनि सक्षम रहेको पछिल्लो समय पर्वतारोहणलगायत कठिन काममा बढ्दो महिला उपस्थितिले देखाएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । पर्वतारोहणसँगै, स्कि, कायाकिङ, ¥याफ्टिङ, माउन्टेन बाइक, बाइकरेस, रक क्लाइम्बिङ, वाल क्लाइम्बिङजस्ता साहसिक खेलमा महिलाको सहभागिता बढिरहेको छ ।

सगरमाथा मात्र नभएर नेपाली महिला आरोहीले सातै महादेशका अग्ला सात हिमशिखर समेत आरोहण गरिसकेका छन् । विश्वका अग्ला १४ हिमाल आरोहण गर्न समेत आरोही माया शेर्पाले अभियान सुरु गरिसकेकी छन् । यस्तै दोलखा रोल्वालिङकी दावा याङजुम शेर्पा एसियाकै पहिलो माउन्टेन गाइड बनेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.