समृद्ध नेपाल निर्माणका लागि सहकार्य गरौं : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल निर्माणका लागि सहकार्य गरौं : मुख्यमन्त्री पौडेल

हेटौंडा : तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणका लागि सरकारसँग सहकार्य गर्न सबै पक्षसँग आग्रह गरेका छन्। चौथो संविधान दिवसको अवसरमा बुधबार बिहान हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भने, 'समृद्ध नेपाल निर्माणका लागि राजनीतिक दल, निजीक्षेत्र, सहकारी र नागरिक समाजलगायत सबै क्षेत्रलाई हातेमालो गर्न अनुरोध गर्छु।'

सम्मानसाथ जीवनयापन गर्ने लक्ष्य पूरा गर्न संविधानले लिएको मार्गदर्शनलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए। 'संविधानले सभ्य, सुसंस्कृत र एउटा आदर्श समाज निर्माणका लागि मार्गदर्शन गर्दछ र ती मार्गदर्शनलाई आत्मसात गर्न सकियो भने मात्र हामीले समृद्ध राष्ट्र निर्माण गर्नसक्छौं', पौडेलले भने।

संघीय राज्य प्रणालीमार्फत राष्ट्रिय एकता सुदृढीकरण गर्न, सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा दीगो आर्थिक विकासको लक्ष्य हाँसिल गर्न संविधानले मार्ग प्रशस्त गरेको उनले बताए। 

मुख्यमन्त्री पौडेलले नेपालको सन्दर्भमा संघीय राज्य प्रणाली नयाँ प्रयोग भएपनि यसको सफल अभ्यासमार्फत जनतालाई यथासम्भव उनीहरुको निकटबाट सेवा र विकासको प्रवाह गर्ने प्रदेश सरकारको लक्ष्य रहेको स्पष्ट पारे। 'संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी दिशानिर्देश गरेकाले सोही अनुसार काम गरिरहेका छौं, उनले भने। 

प्रदेश तहमा केन्द्रीय संरचना निर्माण सम्पन्न

मुख्यमन्त्री पौडेलले प्रदेश सभा र प्रदेश सरकारले काम सुरु गरेको छ महिनाको बीचमा प्रदेश तहमा केन्द्रीय संरचनाको निर्माणको काम सम्पन्न गरेको जानकारी दिए। 'सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट तर्जुमा गरी प्रदेश सभाबाट स्वीकृति समेत प्राप्त गरी कार्यान्वयनको चरणमा पुर्‍याएको छ', उनले भने, 'प्रदेश तहबाट निर्माण गर्नुपर्ने कानुनको पहिचान गरी प्रत्येक मन्त्रालयमार्फत कानुन निर्माण गर्ने कार्यलाई तिब्रताकासाथ अगाडि बढाइरहेका छौं।' 

साझा अधिकार सूचीभित्र रहेका विषयहरुमा कानून निर्माण गर्न नेपाल सरकारसंग समन्वय गरिरहेको बताउँदै पौडेलले प्रदेश मन्त्रालयअन्तर्गतका संरचनालाई अन्तिम रुप दिन गृहकार्य भइरहेको जानकारी दिए। 'प्रदेश सरकारमार्फत हुने विकास निर्माणका कामहरु अघि बढिसकेकाले केही समयमा नै तीब्ररुपमा गति लिने जानकारी गराउँछु', उनले भने। 

प्रदेश स्तरीय मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले जनआन्दोलन २०६२/६३ का सहिद बासुदेव घिमिरेका परिवार र सशस्त्र जनयुद्धका समयमा राज्यपक्षबाट हत्या गरिएका तत्कालिन नेकपा माओवादीका नेता रुद्र पाख्रिनकी धर्मपत्नी राममाया पाख्रिनलाई सम्मान गरेका थिए। 

कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सरकारका प्रमुख सचिव आनन्दराज ढकाल लगायत सहभागी थिए। कार्यक्रम अघि निस्किएको र्‍यालीले हेटौंडा बजार परीक्रमा गरेको थियो। अघिल्लो संविधान दिवसहरुमा न्युन सहभागिता हुने गरेकोमा यस वर्ष भने स्थानीय जनताको समेत उल्लेख्य सहभागिता थियो।  

संविधान दिवसको अवसरमा हेटौंडामा निकालिएको र्‍याली


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.