जगंली हात्तीले बाली नष्ट

जगंली हात्तीले बाली नष्ट

महेन्द्रनगर : कञ्चनपुर जिल्लामा जंगली हात्तीले बाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेको छ । सातादेखि जिल्लामा जंगली हात्तीले दुःख दिइरहेको छ । प्रायः राति आउने हात्तीको बथानले खेतबारीमा लगाएको धानबाली र उखुबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सीमावर्ती भारतीय दुधुवा नेसनल पार्कबाट आएका जंगली हात्तीको बथानले कञ्चनपुरमा आतंक मच्चाएको छ ।

शुक्लाफाटाँ राष्ट्रिय निकुञ्जबाट नजिकका बस्तीमा आउने हात्तीको बथानले निकुञ्जसँग जोडिएका ठाउँमा सबैभन्दा धेरै धानबाली नष्ट गरेको छ । पुनर्वास, शुक्लाफाँटा, वेदकोट, भीमदत्त र महाकाली नगरपालिका तथा वेल्डाँडी गाउँपालिका क्षेत्रमा जंगली हात्तीको बथान पसेको छ ।

‘जंगली हात्तीको ठूलै बथान आएर दुःख दिइरहेको छ’, जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भने, ‘धेरै स्थानमा किसानको पाक्न लागेको बाली नै नष्ट गरिदिएको छ ।’ उनले बढीजसो निकुञ्जको मध्यवर्ती क्षेत्र र भारतीय दुधुवा नेसनल पार्कबाट पसेको हात्तीले सीमावर्ती गाउँमा दुःख दिइरहेको बताए ।

वेदकोट नगरपालिका क्षेत्रका ६ ठाउँमा हात्तीले धानबाली र उखुबाली नष्ट गरेको नगरप्रमुख अशोक चन्दले बताए । ‘राति आएर धानबाली र उखुबाली नष्ट गरिरहेको थियो’, उनले भने, ‘मंगलबार रातिदेखि त स्थानीयका घरसमेत भत्काउन थाल्यो ।’

वेदकोट नगरपालिका क्षेत्रको वडा नम्बर १ को हात्तीथला, चम्फापुर, रडारा र १० नम्बर वडाको नयाँगाउँ, चतरा, रानादैजी टोललगायत क्षेत्रमा हात्तीको बथानले किसानको बाली नष्ट गरिरहेको नगर प्रमुख चन्दले जानकारी दिए । हात्ती नियन्त्रण गर्न गाउँमा स्थानीयले आगो बाल्ने, पटाका पड्काउने गरेको उनले बताए ।

हात्ती आतंक रोक्न शुक्लाफाँटा नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । शुक्लाफाँटा नगरपालिका–५ का अध्यक्ष कमल गिरीले सो बजेटबाट विद्युतीय तारबार गर्ने बताए ।

हात्तीले स्थानीयको घरमा पुर्याएको क्षति 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.