फर्निचर तथा फर्निसिङ एक्स्पो आजबाट

फर्निचर तथा फर्निसिङ एक्स्पो आजबाट

काठमाडौं : बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ सुरु भएको छ। एक्स्पोको सम्पूर्ण तयारी बुधबार नै सम्पन्न भएको नेपाल फर्निचर तथा फर्निसिङ संघ र एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जानकारी दिएको छ। प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्रान्डका सयभन्दा बढी कम्पनी सहभागी हुने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरको बृहत् प्रदर्शनी हुनेछ।

उक्त अवसरमा नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दसैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामान बिक्रीवितरण समेत हुने आयोजकले जनाएको छ। एक्स्पोमा प्रदर्शनीका अतिरिक्त अवोलकनकर्तालाई लक्की ड्रमार्फत आर्कषक उपहार वितरण गरिनेछ। त्यस्तै प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्श लिन पाइनेछ। रोबटिक प्रतिस्पर्धा पनि एक्स्पोको अर्को आकर्षण हो।

एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहनेछन्। यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए। उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन उपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको समेत जनाएका छन्।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटबारे अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाइ छ। यसका साथै फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्‍याउने अपेक्षा आयोजकको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.