आफ्नो जन्मदिनमा किन रोइन नीता ?
काठमाडौं : केही दिनअगाडि नीता ढुंगानाले २६ औँ जन्मदिवस मनाइन्। जन्मदिन मनाउन उनको घरमा एक अनलाइन पुग्यो। बुबासँग बसेर अन्तर्वार्ता दिइन्।
अन्तर्वार्तामा उनका बुबालाई 'सन्तानबाट सबैभन्दा बढी कोसँग खुशी हुनुहुन्छ ?' भनी सञ्चारकर्मीले प्रश्न गर्दा उनका बुबाले भने 'नीतासँग।' यति भन्न नपाउँदै नीता रुन थालिन्। कलाकर्मीबीच गरिएको जन्मदिनको अर्को एक कार्यक्रममा उनी फेरि रोइन्।
कार्यक्रममा उनलाई रुवाइन्, कलाकार तथा निर्देशक दीपाश्री निरौलाले। जन्मदिनको शुभकामना दिँदै उनले नीतालाई सफल र सक्षम कलाकार भएको भन्दै आफ्नो निर्देशनमा अभिनय गराउने इच्छा व्यक्त गरिन्।
उनीजस्तो ट्यालेन्ट हिरोइन नेपालमा बिरलै छन् भनेर समेत उनको तारिफ गरिन्। त्यहाँ पनि नीताले आँशु झारिन्। यसरी यस वर्षको उनको जन्मदिवस रोएरै बित्यो। स-साना कुरामा रोइहाल्ने अभिनेत्रीको सूची इन्डस्ट्रीमा लामो छ। त्यसमा नीताको नाम पनि थपिएको छ।