चिठ्ठा पर्यो भन्दै ठग्ने दुई जना पक्राउ
घोराही : चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न ब्यक्तिलाई ‘ईमो’मार्फत् पच्चीस लाखको चिठ्ठा परेको भनेर ठगि गर्ने दुइ जनालाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख कृष्णहरी शर्माले बताए।
नवलपरासी सुस्ताका ३१ बर्षीय पुरनबहादुर खबास र बुढेश बिनलाई ठगि मुद्धामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङले सार्बजनिक गरेको छ। उनीहरुले इमोमा चेक बनाएर चिठ्ठा परेको भन्दै ठगी गर्दै आएको उजुरीका आधारमा पक्राउ गरिएको हो। उनीहरुबाट प्रहरीले ३ थान मोबाइल, ठगीका लागि प्रयोग भएका आबश्यक कागजपत्र समेत बराबद गरेको छ। उनीमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘दुबै जनाले बैक खातामा पैसा राखिदिन्छौ २५ लाखको कर एक लाख २५ हजार आइएमई गरिदिनुहोस’ भन्दै पैसा समेत असुल्ने गरेको दाङ प्रहरी प्रमुख कृष्णहरी शर्माले बताए। यहि आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको वताए। उनीहरुले नक्कली बैक म्यानेजर र नक्कली चेक बनाएर इमो मार्फत ठगि गर्ने गरेको प्रहरी प्रमुख शर्माले बताए।
उनीहरुको साथवाट ठगी गर्न प्रयोग भएका ओपो कम्पनीको गोल्डेन मोबाइल एक थान, लाभा कम्पनीको मोबाइल एक थान, टाइट कम्पनिको सादा मोबाइल सेट एक थान समेत बरामद गरिएको शर्माले बताए। पक्राउ परेका दुवैको अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए। उनीहरु विरुद्ध ठगी मुद्धा दर्ता हुने छ।
पेस्तोल सहित पक्राउ
प्रहरीले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१२ का २१ वर्षका जुनकुमार बुढालाई रिभल्वर पेस्तोलसहित घोराही बजारबाटै पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख शर्माले जानकारी दिए। हतियार बोकी हिँडिराखेको सूचनाका आधारमा शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको उनले जानकारी दिए।
बुढालाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। उनीमाथि थप अनुसन्धान भैरहेको प्रमुख शर्माले बताए। प्रहरीले जिल्लामा साना हतियारको बढ्दो प्रयोग भइको भन्दै यसलाई नियन्त्रण गर्न लागि परेको जनाएको छ। चार दिन अघि पनि प्रहरीले घोराही बजारबाटै अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको थियो।