१३ वर्षीया बालिका बाबुबाट बलात्कृत
दाङ ः दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएको खुल्यो ।
छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।
उनले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे बताए । बालिका उपचारमा रहेकाले उनी जिल्ला फर्के लगतै कानुनी प्रक्रिया अघि बढ्ने सापकोटाले जानकारी दिए ।