पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता

पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता

सिलिगुडी (भारत) : दुई देशमा पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायी संस्थाबीच सम्झौता भएको छ । शुक्रबार भारतको सिलिगुडीमा दुई देशको पर्यटकिय क्षेत्रको प्रचार–प्रसार र पर्यटकहरुको सुविधाका लागि संयुक्त रुपमा काम गर्ने लगायत १३ बुँदे सहमती पत्रमा हस्ताक्षर गर्दै सो संझौता भएको हो ।

संझौतापत्रमा नेपाका तर्फबाट नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाटा) र भारतको तर्फबाट ईस्टर्न हिमालया ट्राभल्स एण्ड टुर अपरेट्र्स एसोशिएशन (ईथ्वा) का प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सहमती पत्रमा दुई देशीय कार्यक्रम गर्दा संयुक्त रुपमा आयोजना गर्ने, दुबै तर्फका प्रतिनिधि रहने गरि ५ देखी ७ सदस्यीय बोर्ड गठन गर्ने, दुई देशका पर्यटकहरुको सुविधाका लागि संयुक्त रुपमा काम गर्ने लगायतका बिषयहरु समावेश गरिएको नाटाका अध्यक्ष भुपालराज श्रेष्ठले बताए ।

सहमतिपत्रमा नेपालका तर्फबाट अध्यक्ष श्रेष्ठ सहित महासचिव नविन खरेल र भारतका तर्फबाट ईथ्वाका अध्यक्ष देवशिष मैत्रा र महासचिब सन्दिपन घोषले हस्ताक्षर गरेका छन् । यो संझोता सँगै नेपालका पर्यटकीय र धार्मिक स्थलको अवलोकनका लागि भारतीय र भारतको बाटो भएर आउने पर्यटकको संख्या बढ्ने नाटाका १ नम्बर प्रदेश महासचिव नविन खरेलले बताए ।

‘नेपालमा चाहेर पनि नजिकै रहेको भारतबाटनै सोचेजति पर्यटक आउन सकेका छैनन्, अब संझौता पछि दुबै देशका व्यवसायी बसेर बिभिन्न कार्यक्रम बनाई प्रचार गरेपछि नेपालमा पर्यटको संख्यामा बृद्धि हुन्छ भने भारतमा पनि नेपाली पर्यटक उतिकै जानेछन् ।’ महासचिव खरेलले भने । उनका अनुसार दुई देशका व्यवसायिले पर्यटन प्रवर्द्धनका लागि बिभिन्न योजना बनाएर अब दुबै देशमा काम गर्नेछन् ।

यो संझौताले एक नंबर प्रदेशलाई अझै फाईदा पुग्ने खरेलको भनाई छ । ‘प्रदेश १ मा अथाह प्राकृतिक क्षेत्र, पर्यटकिय र धार्मिक क्षेत्र छन्, यसको प्रचार र प्रवर्द्धनको योजना नहुँदा धेरै पर्यटक काठमाडौ र जनकपुर पुग्छन्, अब हाम्रो योजनामा प्रदेश १ का पर्यटकिय र धार्मिक क्षेत्र पनि पर्छ, यसले प्रदेश १ लाई धेरै फाईदा पुग्छ ।’ खरेलले भने ।

सम्झोता कार्यक्रममा सहभागि नेपाल पर्यटन बोर्डका दक्षिण एसिया क्षेत्रका प्रबन्धक नविन पोखरेलले यो ऐतिहासिक सहमति भएको बताउँदै यसले दुई देश बिचको पर्यटन क्षेत्र प्रवर्द्धनका क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको बताए । ‘यो संझौता दुई देशको पर्यटन प्रवर्द्धनका निम्ति कोसेढुङ्गा सावित भएको छ, प्रवन्धक पोखरेलले भने – दुई देशका व्यवसायी बिच राम्रो योजना बन्यो भने नेपालका लागि फाईदा लिने संभावित क्षेत्र धेरै छन् ।’ यो सम्झौता गर्न नेपाल पर्यटन बोर्डले पनि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउँदै उनले व्यवसायिलाई योजना बनाउन बोर्डले पनि सहयोग गर्दै जाने बताए । ‘भारतको वेस्ट बंगाल क्षेत्र र नेपालको प्रदेश १ क्षेत्रको संरचना उस्तै रहेको र यो क्षेत्रमा पर्यटकिय र धार्मिक क्षेत्र पनि प्रसस्त रहेकाले एकले अर्को देशको पर्यटन विकासको सिको गर्न सके दुबै देशलाई फाईदा पुग्छ’, पोखरेलले भने ।

पोखरेलले पर्यटन क्षेत्रमा नेपाल र भारतले कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा सो कार्यक्रमा आफ्नो प्रस्तुती समेत राखेका थिए । प्रस्तुतीका क्रममा भारतिय नागरिकहरुका लागि नेपाल भ्रमण गर्दा मुख्य स्थानहरु कुन कुन हुन र के का लागि ती स्थानहरु भ्रमण गर्न आवश्यक छ भन्ने बारेमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा भारतका तर्फबाट भारतिय टुरिजम बोर्डका क्षेत्रिय निर्देशक जेपी साहले नेपाल बिश्वकै सुन्दर देश भएकाले पनि सबै भारतियहरुले जीवनमा एक पटक नेपाल घुम्नु पर्ने बताए । नेपाल र भारत बिचको भाईचारा र साँस्कृतिक सम्बन्धले पनि भारतिय नागरिकका लागि नेपाल भ्रमण गर्न सजिलो रहेको साहले बताए । उनले नीजी क्षेत्रबाट पर्यटन प्रर्बद्धनमा भएका प्रयासमा भारत सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

ईथ्वाका सचिव सन्दिपन घोषले नेपाल सानो देश भए पनि भारतियहरुका लागि घुम्न सबैभन्दा फराकिलो देश भएको बताए । कार्यक्रममा बोल्दै ईथ्वाका अध्यक्ष देवशीष मैत्राले यो सहमतीले दुवै देशका पर्यटकहरुको ब्यवस्थापन सहज हुने बिश्वास ब्यक्त गरेका छन् । 

उक्त कार्यक्रममा दुवै संस्थाका सदस्यता आदान प्रदान समेत गरिएको थियो । सो अवसरमा नाटाका १८ जना सदस्यलाई ईथ्वाको सदस्यता प्रदान गरिएको थियो भने ईथ्वाका ८४ जना सदस्यहरुलाई नाटाको सदस्यता समेत प्रदान गरिएको नाटाका पुर्व महासचिब उदयकुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.