अन्नपूर्णकर्मी खनाललाई ग्रामीण पत्रकारिता पुरस्कार

अन्नपूर्णकर्मी खनाललाई ग्रामीण पत्रकारिता पुरस्कार

नेपालगन्ज : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक प्रदेश व्युरो समन्यव कार्यालय नेपालगन्जका उप-सम्पादक शंकरप्रसाद खनाल बिरमी-चन्द ग्रामीण पत्रकारिता पुरस्कार-२०७४ बाट सम्मानित भएका छन्। प्रेस सेन्टर नेपाल बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा खनालसँगै बाँकेको काँचुली खबर डट कमका सम्पादक गजेन्द्र गुरुङलाई संयुक्त रुपमा पुरस्कृत गरिएको हो।

बाँके क्षेत्र-१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसी र प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी जनही पाँच हजार रहेको छ। प्रदेशसभा सदस्य नमुनाले स्व.मातापिता बिरमी खत्री र चन्द्र खत्रीको स्मृतिमा पचास हजार र प्रेस सेन्टरले पचास हजार गरी एक लाख रुपैयाँको अक्षयकोषबाट पुरस्कार स्थापना गरिएको हो।

सांसद केसीले यो वर्ष अक्षयकोषमा ५० हजार थपेको र हरेक वर्ष अक्षयकोषमा रकम थप गरी पाँच लाख पुर्‍याइने घोषणा गरिन्। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अथकले आर्थिक समृद्धिका लागि पत्रकारले ग्रामीण क्षेत्रका दूरदराजमा पुगेर आवाजहिनको आवाज बुलन्द बनाउन आग्रह गरेका थिए। उनले संविधानले दिएको प्रेस स्वतन्त्रतालाई अपराध संहिताबाट कुण्ठित हुन नदिने गरी कानुन संशोधनको प्रक्रिया चलेको बताए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतमलगायतले ग्रामीण पत्रकारिताका विषयमा मन्तव्य राखेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.