झाडापखालाबाट गाउँ नै प्रभावित, एकको मृत्यु

झाडापखालाबाट गाउँ नै प्रभावित, एकको मृत्यु

बर्दिबास : महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाको प्रकोप फैलिएको छ । पखालाका कारण ४ वर्षीया खुस्बु खातुनको मृत्यु भएको छ भने २५ जना बिरामी परेका छन् ।

यता मामाघर बस्दै आएकी भारतीय नागरिक खुस्बुलाई उपचारको क्रममा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा मृत्यु भएको हो । अरु पाँच जनालाई गाउँकै स्वास्थ्य शिविरमा राखेर उपचार गराइँदै छ ।

चार जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । गर्भवती र बालबालिका पनि पखालाबाट बिरामी छन् ।

नैन्हीको मुस्लिम बस्तीमा चार दिनअघि नै झाडापखालाको प्रकोप देखा परेको थियो । गाउँलेका अनुसार नैन्हीका खेतमा पाइने माछा खाएपछि प्रकोप देखिएको हो । तर स्वास्थ्यकर्मी सन्तोष ठाकुरका अनुसार माछा नखानेमा पनि समस्या देखिएको छ ।

भदौ २९ गतेदेखि प्रकोप फैलिएर सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय मदरसा पनि बन्द गरिएको छ । प्रभावित क्षेत्रमा अहिले जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य निरिक्षक सन्तोष ठाकुरको नेतृत्वमा स्वास्थ्य टोली खटिएको छ । टोलीले गाउँकै मदरसामा स्वास्थ्य शिविर संचालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.