भरुवा बन्दुकले आफैँलाई हानेपछि...

भरुवा बन्दुकले आफैँलाई हानेपछि...

(लिबाङ)  रोल्पा :  सामान्यतय मानिस मृत्युदेखि डराउँछ । आपैmले आफैँलाई बन्दुकले गोली हान्ने त कल्पनासम्म पनि गर्न सकिदैन । तर, दक्षिणी रोल्पामा यस्तै नसोचेको घटना भएको छ । 

यहाँ एक पुरुषले भरुवा बन्दुकले आफैँलाई गोली हानेपछि मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय काले कामीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

उनले घरकै भरुवा बन्दुकले घाँटीमा गोली हानेका छन् । 

घरका छोराबुहारी घाँस काट्न गएको बेला घरभित्रै सोमबार विहान आठ बजे उनले आफैँलाई गोली हानेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार घटनाको जानकारी लगत्तै प्रहरी घटना स्थल पुगेको थियो ।

होलेरी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरिक्षक ध्रुबराज बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको हो । कालेको चिउँडोमुनि घाँटीबाट गोलीले छेडेर टाउकोबाट निस्किएको छ । घटनास्थलमा मुचुल्का उठाउने काम भएको छ । 

उनकी पत्नी आइतबार छिमेकी जिल्ला दाङ झरेकी थिइन् । दुई छोरा र एक बुहारी घाँस काट्न जंगल निस्किएको मौका छोपेर उनले घरमै रहेको बन्दुकले आफैँलाई हानेको पारिवारिक स्रोतले जनाएको छ ।

छोराहरु घरमा आउँदा बुबा रगताम्मे अवस्थामा लडिरहेको फेला पारेका थिए । 

छेउमै भरुवा बन्दुकमेत लडेको थियो । घटनाबारे उनीहरुले गाउँलेलाई खबर गरेपछि प्रहरी कहाँ सूचना पुगेको थियो । भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । शव पोष्टमार्टमका लागि होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइँदै छ । 

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रहेको सदरमुकाम लिबाङबाट प्रहरी निरिक्षक पन्थीको नेतृत्वमा प्रहरी टोली होलेरी हिडेको छ ।प्रारम्भिक अनुसन्धानमा मृत्यु भएका कालेले मादक पिउने गरेको खुलेको छ । 

घटनाताका उनले मादक पदार्थ पिएको वा नपिएको केही खुलेको छैन । पारिवारिक तनाव वा अन्य के कारणले उनले आफैँलाई गोली हाने भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.