अन्नपूर्णकर्मी आचार्यलाई जिपि कोइराला पत्रकारिता पुरस्कार
अर्घाखाँची : नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले स्थापना गरेको जिपि कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका अर्घाखाँची सम्वाददाता प्रेमनारायण आचार्य पुरस्कृत भएका छन्।
अर्घाखाँची जिल्लामा रही पत्रकारिता गर्दै आएका आचार्यले जिल्लामा रही विभिन्न विधामा कलम चलाएको भन्दै प्रेस युनियन अर्घाखाँचीले नगद ११ हजार एक सय ११ रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको हो।
नेपाल प्रेस युनियन अर्घाखाँचीको सातौं जिल्ला अधिवेशन तथा १२ औं साधारणसभामा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले उक्त पुरस्कार प्रदान गरेका हुन्।