नूरप्रसाद अधिकारीविरुद्ध ज्यान मार्ने उद्योगसहित चार मुद्दा

नूरप्रसाद अधिकारीविरुद्ध ज्यान मार्ने उद्योगसहित चार मुद्दा

ललितपुर : आइतवार  पाटन उच्च अदालतको इजलासमा वितण्डा मच्चाएपछि गोरखाको फुजेलका नूरप्रसाद अधिकारीलाई ज्यान मार्ने उद्योग, सरकारी सम्पति हिनामिना, आपराधिक उपद्रव र अदालतको अवहेलनासहितको चारवटा मुद्दा चलाइने भएको छ । 

महानगरीय प्रहरी परिसर जावलाखेलका, प्रहरी नायव उपरीक्षक, नरेन्द्र चन्दका अनुसार नूरप्रसादले इजलासमा रहेका न्यायधीसलाई लक्षित गरी मेच उचालेर हानेका थिए । न्यायाधीश जोगिन सफल भए पनि इजलासमा रहेका अधिकृत सामान्य घाइते भएका थिए । उनले भने, ‘मेचले लागेको भए कर्मचारीको ज्यानै जानसक्थ्यो ।’

जग्गासम्बन्धी फैसला आफ्नो पक्षमा नभएको भन्दै उनले ज्यान मार्ने अभिप्रायले आक्रमण गरेको चन्दको भनाइ छ । बिनु घतानी सुनारको घरजग्गाको किचलोसम्बन्धी मुद्दामा उनी वारेस भएर अदालत आएका थिए ।

काठमाडौँ जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुगेको भन्दै मुद्दा खारेजको फैसला सुनाएको थियो । त्यसैविरुद्ध बिनु उच्च अदालत गएकी थिइन् । न्यायाधीशद्वय रमेश पोखरेल र शेखर पौडेलको इजलासले जिल्लाकै फैसलालाई सदर गरेको थियो । 

उक्त फैसलापछि उनले इजलासमा आक्रमण गरेका थिए । त्यस क्रममा उनले कप्युटर, मेच टेबल र दराज तोडफोडसमेत गरेको चन्दले बताए । उनलाई ललितपुर जिल्ला अदालतबाट सातदिनको म्याद थपेर हिरासमा राखी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.