टोल फ्री सेवा प्रभावहीन

टोल फ्री सेवा प्रभावहीन

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरले सुरु गरेको टोल फ्री नम्बर प्रभावहीन देखिएको छ। जनताका गुनासा तथा समस्या तत्काल सम्बोधन गर्ने भन्दै सुरु गरिएको ‘हेलो मेयर टोल फ्री’ सेवा उपलब्धिहीन बनेको हो। सेवा प्रवाहका बारेमा सर्वसाधारणको गुनासो सुन्न तुलसीपुर उपमहानगरले टोल फ्री नम्बरमा फोन गरी आफ्ना समस्या, गुनासा, सल्लाह र सुझावलाई राख्न पाउने गरी यो सेवा सञ्चालनमा ल्याएको थियो।

टोल फ्री नम्बरमा गुनासा र सम्बोधन शुन्यजस्तै छ। उपमहानगरबाट जनताले सेवा प्रवाह छिटो छरीतो रुपमा पाउन र तत्काल समस्या समाधान होस् भन्ने उद्धेश्यले सञ्चालनमा ल्याइएको हेलो मेयर टोल फ्री नम्बरमा जनताका गुनासा तथा जिज्ञासा आउन छोडेका छन्। आएका जिज्ञाशाको पनि समयमा सम्बोधन र सुनुवाई हुन छाडेको छ।

जनप्रतिनिधि तथा कर्मचारीलाई जनताप्रति जवाफदेही बनाउन सेवा सञ्चालनमा ल्याएको उपमहानगर मेयर घनश्याम पाण्डेले बताए। नगरवासीलाई केही समस्या भयो र उपमहानगरको विषयमा गुनासो भए सिधै आफुलाई भेटेर वा आफ्नो फोन नम्वरमा सम्पर्क गर्न पाउने गरी टोल फ्री नम्बर सेवा सुचारु गरिए पनि प्रभावकारी हुन नसकेको मेयर पाण्डेको भनाइ छ। ‘समस्या लिएरम कहाँ सिधै आउने वाताबरण छ। त्यसैले पनि टोल फ्रि नम्बर प्रभाबकारी हुन नसकेको हुन सक्छ’, मेयर पाण्डेले भने, ‘तर आफू र कार्यालयमा सिधै आफ्ना गुनासा राख्न नसक्ने सेवाग्राहीलाई यो सेवा उपयोगी हुनुपर्ने हो।’ हेलो मेयर टोल फ्री नम्बरमा आएका गुनासा तथा जिज्ञासालाई लिएर कुनै छलफल नभएको मेयर पाण्डेले जानकारी दिए।

कार्यालयका सुचना अधिकारी झरेन्द्र खरेलले नागरिकका लागि सञ्चालनमा ल्याइएको पत्र मञ्जुसाजस्तै टोल फ्री नम्बर पनि उपलब्धिहीन बनेको बताए। केही गुनासो तथा समस्या टिपोट भए पनि समाधान भए नभएको कुनै रेकर्ड नभएको उनले बताए। २०७४ साल चैत्र १ गते सुरु भएको सो सेवामा स्थानीयको गुनासो सम्वोधन भएको रेकर्ड देखिदैन।

हालसम्म हेलो मेयर टोल फ्रि नम्बरमा एक सय ९२ समस्या, जानकारी तथा गुनासो रेकर्ड भए पनि कति समाधान भए उपमहानगरमा कुनै तथ्याक छैन। सुरुमा दैनिक ६/७ वटा जिज्ञासा र समस्याका बारेमा फोन आए पनि पछिल्लो समय फोन आउनै छाडेको सो साखामा कार्यरत शोभा गौतमले जानकारी दिइन्।

टोल फ्री नम्बर सेवा चौविसै घण्टा आफुसँग हुने, कार्यालय समयभन्दा अघि वा पछि पनि घरमै सेवाग्राहीका गुनासा टिपोट गर्ने र समन्धित फाँटका प्रमुखलाई जानकारी गराउने गरिए पनि सेवाग्राहीका गुनासा निकै कम आउने गरेको फाँटका कर्मचारीको भनाइ छ। टोल फ्री सेवामा तीनजना कर्मचारी खटिएका छन्। फोन नआएपछि उनीहरु फुसर्ददिला देखिन्छन्।

लिना शर्माले आफुले २४सै घन्टा गुनासा तथा जिज्ञासा टिपोट गरेर सम्बन्धित फाँटका प्रमुखलाई जानकारी गराउने गरे पनि कार्यालय प्रमुख र नगर प्रमुख समक्ष सिधै जनताका समस्या नगएको उनले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.