ग्रामीण सडक सञ्चालनको तयारी

ग्रामीण सडक सञ्चालनको तयारी

बेनी : वर्षातसँगैे बाढी, पहिरो र नदी कटानबाट अवरुद्ध म्याग्दीका ग्रामीण सडक सञ्चालन गर्ने तयारी गरिएको छ। स्थानीय तहले सडक मर्मत गरी यातायातका साधन सञ्चालनमा ल्याउने प्रयास गरेको हो। म्याग्दीका अधिकांश ग्रामीण सडक साउनदेखि अवरुद्ध छन्। नजिकिँदै गरेका चाडलाई ध्यानमा राखेर अवरुद्ध सडक मर्मत थालिएको छ।

दशैंअघि सडकमा यातायातका साधन सञ्चालन गर्न उपभोक्ता समिति गठन गरी मर्मत प्रक्रिया अघि बढाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। वर्षात कम भएको र दसैंतिहारजस्ता चाडपर्व नजिकिएकाले सडक मर्मतमा जोड दिइएको उपाध्यक्ष छन्त्यालले बताए। मालिका गाउँपालिकाको केन्द्रदेखि वडा र बस्ती जोड्ने सडक मर्मत गर्न हालै बसेको कार्यपालिका बैठकले ३० लाख रुपैयाँ विनियोजन गरेको प्रवत्ता टंकप्रसाद पुनले जानकारी दिए।

रघुगंगा गाउँपालिकाका प्राविधिक कमल चोखालले सडक मर्मत गर्न सर्वेक्षणको काम भइरहेको बताए। मर्मत सम्भार कोषमा रहेको ३७ लाख रुपैयाँ खर्च गरी सवारी साधन सञ्चालन गरी स्थानीयलाई आवतजावत र ढुवानी सहज बनाउने रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले सडक मर्मत गर्न विनियोजन भएको बजेट कार्यान्वयनको प्रक्रिया अघि बढेको बताए।

बेनी नगरपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले भने मनसुन पूर्ण रुपमा रोकिएपछि मात्र सडक मर्मत गरिने बताए। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले ग्रामीण सडकमा दशैंअघि नै सवारी साधन सञ्चालन गर्न पहल गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.