पेट्रोलियम पदार्थको गुणस्तर जाँच्न नमूना पठाइयो

पेट्रोलियम पदार्थको गुणस्तर जाँच्न नमूना पठाइयो

सन्धिखर्क : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्ला सदरमुकाममा रहेका पेट्रोल पम्पमा रहेको पेट्रोलियम पदार्थको नमूना परीक्षणका लागि नाप तौल तथा गुणस्तर कार्यालयमा पठाएको छ । पेट्रोल पम्पबाट डिजल र पेट्रोलको नमूना संकलन गरी नाप तौल तथा गुणस्तर विभाग पठाइएको र परीक्षणमा मिसावट पाइएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न स्थानमा एसिड आतंकले कतिपय महिलाको ज्यान गएकाले जिल्लाका विभिन्न पसलमा रहेको एसिडको परिमाण तयार गर्ने र पसलले बिक्री गर्दा खरिदकर्ताको नाम, थर र वतन प्रयोजन खुलाउँदै एकजना साक्षी र जिम्मेवार व्यक्तिको सहमतिमा मात्र बिक्री वितरण गर्नुपर्ने नियम लागू गरेको छ।

चाडपर्वका बेला बजारको अनुगमन निरन्तरता दिने र म्याद गुज्रेका सामान बिक्री गर्ने,सामानको कृतिम अभाव सृजना गर्ने ,कार्टुलीङ गर्ने,महंगोमा सामान बिक्री गर्ने,सडक पेटीमा सामान राख्ने, सडक अवरोध हुनेगरी सवारी साधन पार्किङ गर्ने, व्यवसायिक तबरले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्नेलाई कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

उनले व्यवसायिक दर्ता नभएको, नविकरण नगरेको, सबैले नदेख्ने गरी मुल्यसूची नराखेको तथा कानुनले निषेधित गरेको जुनसुकै काम गरेको पाइएमा पनि कारबाही गरिने बताए। अनुगमनलाई प्रभावकारी बनाउन उद्योग बाणिज्य संघ ,चेम्बर अफ कमर्स ,जिल्लास्थित विभिन्न संघ संस्था, नागरिक समाज ,कलाकार ,पत्रकार सबैलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुरोध समेत गरेको छ।

    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.