माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्य
सिन्धुली : दसैंका लागि घर पोत्न माटो लिन गएकी एक किशोरीको शुक्रबार मृत्यु भएको छ। दुधौली नगरपालिका- ३ कालापानीकी १८ वर्षीया किशोरी कविता दनुवारको माटोको ढिस्कोले पुर्दा मृत्य भएको सिन्धुली प्रहरीले जनाएको हो।
बिहानै माटो लिन गएकी दनुवारलाई माटोको ढिस्कोले पुरेको र स्थानीयको पहलमा उद्धार गरिए पनि उनको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए। घटनाबारे अनुशन्धान भइरहेको र शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याउन लागिएको प्रवक्ता थापाले जानकारी दिए।