ठेकेदारका नेताहरु भन्छन् : हाम्रो बदनाम गरेर देशको विकास हुँदैन

ठेकेदारका नेताहरु भन्छन् : हाम्रो बदनाम गरेर देशको विकास हुँदैन

हेटौंडा : नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले बिनाकारण निर्माण व्यवसायीको बदनाम गरिएको गुनासो गरेका छन् । शुक्रबार हेटौंडामा निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभामा बोल्दै उनले भने, ‘निर्माण ब्यवसायीको भन्दा अन्य कारणले काममा ढिलाइ भएको छ । तर दोषजति हामीले ब्यहोर्न बाध्य छौं ।’

राज्यको नीति नियम र कर्मचारी प्रशासनका कारण धेरै समस्या हुने गरेको भन्दै सिंहले निर्माणमा ढिलाइ हुनुमा दश प्रतिशत मात्र ठेकेदारको लापरवाही रहेको दाबी गरे । 

निर्माण व्यवसायीमैत्री वातावरण भएमात्रै वर्तमान सरकारले बोकेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा सफल हुने उनको भनाइ छ । 

‘हाम्रो सुरक्षा छैन, दिनदाहडै निर्माण व्यवसायीको हत्या हुन्छ, अरुले गरेको गल्तीको पनि हामीले नै गाली खानुपर्छ’, सिंहले भने, ‘तर पनि सरकारले निर्माण व्यवसायीमैत्री वातावरण बनाए सरकारको हरेक कदममा महासंघ काधमाकाध मिलाएर अघि बढ्न तयार छ ।’ 

निर्माण व्यवसायीलाई काम गर्न वातावरण बनाइदिन पनि उनले सरकारसँग आग्रह गरे । साधरणसभामा बोल्दै महासंघका केन्द्रीय महासचिव रोशन दाहालले निर्माण ब्यवसायीलाई बदनाम गरेर देशको विकास नहुने बताए । 

‘व्यवसायीलाई हेर्ने नजरमा परिवर्तन आउनुपर्छ’, उनले भने, ‘अन्यथा ब्यवसायीलाई मात्र लखेट्ने तर सरकारले सुधार गर्नुपर्ने काममा ध्यान नदिने हो भने विकास निर्माणको कामले गति लिन सक्दैन ।’ 

महासंघका पूर्वकेन्द्रीय अध्यक्ष जयराम लामिछानेले बर्तमान सरकार निर्माण ब्यवसायीमैत्री नभएको बताए । 

साधरणसभाको उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले बोलेका थिए । अधिवेशनबाट संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.